मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम जिल्ला सम्मेलन सफल पार्न मातहतका सबै समिति परिचालन गर्ने कांग्रेस अछाम क्षेत्र नं. २ को निर्णय

प्रथम जिल्ला सम्मेलन सफल पार्न मातहतका सबै समिति परिचालन गर्ने कांग्रेस अछाम क्षेत्र नं. २ को निर्णय


अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को बैठक कमलबजारमा सम्पन्न भएको छ । क्षेत्रिय सभापती पुष्पराज शर्माको सभापतित्वमा बसेको बैठकले मंसिर १८ गते हुने कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनलाई भव्य रुपमा सफल पार्ने निर्णय गरेको हो ।

कांग्रेस सुदुरपश्चिम प्रदेश महामन्त्री अम्बिका चलाउने प्रमुख अथिति रहेको बैठकले प्रथम जिल्ला सम्मेलन सफल पार्न क्षेत्रिय समिती मातहतका सबै समितिहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको छ ।

मंसिर १८ गते हुने जिल्ला सम्मेलनमा सहभागी हुन कांग्रेस नेता कार्यकर्ता, भातृसंस्थाका पदाधिकारी, सुबेच्छुक लगायतसबैलाई उपस्थित हुन आग्रह गरेको सभापती शर्माले बताए ।

बैठकमा जिल्ला सभापती पुष्प बहादुर शाह, प्रदेश सदस्य बेदप्रकाश तिमिल्सैना, क्षेत्र नं. २ का महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, जिल्ला कार्य समितीका पदाधिकारी सदस्य, क्षेत्रिय कार्य समितीका पदाधिकारी सदस्य लगायतको सहभागीता रहेको थियो ।

प्रथम जिल्ला सम्मेलको उदघाट्न तथा सम्बोधन महामन्त्री बिश्वप्रकाश शर्माले गर्ने कार्यक्रम रहेको छ ।