मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारीमा निशुल्क स्वास्थ्य शिबिर, ७ सय बढीले लिए सेवा

ढकारीमा निशुल्क स्वास्थ्य शिबिर, ७ सय बढीले लिए सेवा


अछाम : स्वास्थ्य कार्यालय अछामले दुर्गम क्षेत्रमा स्वास्थ्य शिबिर अभियान सुरु गरेको छ । जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यमा सहज पहुँच होस् भन्ने हेतुले निशुल्क स्वास्थ्य शिविर सुरु गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

पहिलो चरण अन्र्तगत ढकारी गाउपालिकामा स्वास्थ्य शिबिर गरिएको छ । ढकारी गाँउपालिकाको सहयोग तथा समन्वयमा पालिका वडा न ४ को मैकाडाडा र ५ को बलातामा निशुल्क स्वास्थ्य शिविर गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगनाले बताए ।

शिविरबाट करिव ७ सय भन्दा बढि नागरिकले सेवा लिएका उनले बताए । शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धि समस्या, आँखाको समस्या लगायत विभिन्न रोगको उपचार तथा ब्यवस्थापन गरिएको थियो ।

बिध्यालयका बिध्यार्थिहरूको आँखा जाँच समेत गरिएको थियो । शिबिरमा चिकित्सक, नर्सिङ लगायत १५ जना भन्दा बढिले टिमले सेवा दिईरहेका छन् । पालिकाका अन्य ठाँउमा समेत शिबिर सञ्चालन गरिने पालिका अध्यक्ष प्रकाश साँउदले बताए ।