मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिकामा लागेको ताला खोलियो

कमलबजार नगरपालिकामा लागेको ताला खोलियो


कमलबजार । कमलबजार नगरपालिकामा १८ महिना देखीको करार कर्मचारीको समस्या समाधान भएको छ । यस संगै मंसिर ५ गते देखी करार कर्मचारीको पारिश्रमीक भुक्तानी तथा करार म्याद थपका बिषयमा माग राख्दै कार्यालयमा लगाएको तालाबन्दी खुलेको छ ।

नगरपाकिामा कार्यारत करार कर्मचारी मध्ये बिभिन्न समयमा प्रकृया पु¥याएर नियुक्ति गरेका कर्मचारीको करार म्याद थप गर्ने र प्रकृया नपुगेका कर्मचारीको हकमा कार्यबिधि बनाई आउदो नगरसभा बाट स्विकृत गरी सोहि बमोजिम आन्तरिक प्रतिस्पर्धा बाट यथावत राख्ने गरी सहमती भएको नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनुभयो ।

सो सहमती कार्यान्वयन गराउन जनप्रतिनिधि एकमत रहेका र कार्यान्वयनका लागी कार्यालयले तत्काल काम गर्नुपर्ने नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले बताउनु भयो ।

आज भएको भद्र सहमतीलाई अव कसैले पनी तोड्न नहुने कमलबजार नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाहले बताउनु भयो ।

विभिन्न चरणमा छलफल पश्चात भएको सहमती लाई कार्यालयको सेवा प्रवाह भोली बिहिवार बिहान बजे देखी सुचारु हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बताउनु भयो ।

कर्मचारीले उठाएका मागलाई नगर सरकारले सम्बोधन गरी आव २०८०/८१ को बजेट मंसिर २४ गते भित्र पास गरी तलब भुक्तानी गर्ने र आगामी करार म्याद थप गर्ने सर्तमा ताला खोलिएको करार कर्मचारी संघर्स समितीका संयोजक देवेन्द्र बहादुर शाहीको भनाई छ।

पारिश्रमिक नपाएकाले पालिका भित्रका शिक्षकहरुले मंसिर १० गते देखी शिक्षक सिकाई ठप्प पारेकाले यो महिनाको मसान्त सम्म तलब भुक्तानीकोे सुनिश्तिता गर्ने गरी सहमती भएकोले भोली देखीनै शिक्षण सिकाईलाई निरन्तरता दिन निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्टले आग्रह गर्नु भयो । साथै यस पछि १५ गते कार्यापालिकाको बैठक बस्ने र २४ गते नगर सभा बस्ने समेत बिष्टले जानकारी दिनुभयो ।