मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लामा बिभिन्न कार्यक्रम गरी एड्स दिवस मनाईयो

अछाम जिल्लामा बिभिन्न कार्यक्रम गरी एड्स दिवस मनाईयो


अछाम : आज ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

अछाम जिल्लामा समेत बिश्व एड्स दिवस मनाईएको छ । जिल्लाको सदरमुकाम मंगलसैनमा बिभिन्न कार्यक्रम गरी एड्स दिवस मनाईएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामको आयोजना तथा जिल्ला अस्पताल अछाम, मंगलसैन नगरपालिका, वाक नेपाल र एड्स हेल्थ प्रतिष्ठानको सहकार्यमा बिभिन्न कार्यत्रलम भएका छन् । बिहान सदरमुकाममा प्रभात फेरी र दिउसो षोडशा माबीमा हाजिरिजवाफ प्रतियोगिता गरिएको सम्र्पक व्यक्ती हिमाल ढुंगानाले बताए ।यस्तै आज शुक्रबार बेलुका जिल्ला अस्पताल अछाममा क्याण्डिल बाल्ने कार्यत्रलम रहेको उनले बताए ।

यसअघि बिश्व एड्स दिवसको अवसरमा बयालपाटा अस्पतालमा सरसफाई समेत गरिएको थियो ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।

सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा संक्रमण भएको छ। संक्रमणका कारण ४ करोड ४ लाख जनाको मृत्यु भइसकेको छ। विश्वमा हरेक दिन ३ हजार ६०० मानिस एचआइभी संक्रमित हुने गरेका छन्।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन १ जना एचआइभीबाट संक्रमित हुने गरेको तथ्याङ्क छ।