मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ५९९ जना एचआईभीका संक्रिय संक्रमित, १२ जना नयाँ थपिए

अछाममा ५९९ जना एचआईभीका संक्रिय संक्रमित, १२ जना नयाँ थपिए


अछाम । जिल्लामा ५ सय ९९ जना एचआइभी एड्सका संक्रमित रहेका छन् । स्वास्थ्य कतर्यालय अछामको तथ्यांक अनुसार जिल्लामा हाल ५ सय ९९ जना सक्रिय संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन् ।

जिल्लाका बिभिन्न पालिका गरी उक्त संख्यामा सक्रिमित रहेका र उनिहरुले बिभिन्न एआटी सेन्टर बाट औषधी सेवन गरिरहेका जिल्ला अस्पताल अछामका सम्पर्क व्यक्ती हिमाल ढुंगानाले बताए ।

जिल्लामा पछिल्लो आर्थिक बर्ष २०८०/८१ को श्रावण देखि हालसम्म १२ जना नयाँ एचआईभी एड्सका संक्रमित फेला परेका छन् । उनिहरुले समेत जिल्लका बिभिन्न एगारटी सेन्टरबाट औषधी सेवन गरिरहेका छन् ।

जिल्लामा जिल्ला अस्पताल, बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्र र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रदान भईरहेको छ ।

अछाम जिल्लामा हाल सम्म २ सय ९ को एचआईभी एड्सको संक्रमणबाट निधन भईसकेको छ ।

जिल्लामा बिभिन्न गैर सरकारी संघ संस्थाको सहयोगमा स्वास्थ्य सेवा र सचेतनाका कार्यत्रलम भईरहेका स्वास्थ्य कतर्यालय अछामका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिकृत भलनक ढुंगनाले बतए । एचआईभी एड्स रोकथाम तथख नियन्त्रणका लागि सबै क्षेत्राट सहयोगको खाजचो रहेको समेत उनले बताए ।