मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाक नेपालद्वारा सञ्चालित परियोजनाको वार्षिक समीक्षा विनायकमा सम्पन्न

वाक नेपालद्वारा सञ्चालित परियोजनाको वार्षिक समीक्षा विनायकमा सम्पन्न


अछाम । वाक नेपाल द्वारा पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित पावर परियोजनाको वार्षिक समीक्षा सम्पन्न भएको छ ।

वाक नेपाल र शेभ द चिल्ड्रेनकाे साझेदारीमा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म लागू भएका विभिन्न उद्यमशीलता तथा रूपान्तरणका कार्यक्रमको कार्यान्वयनको अवस्था तथा सम्पन्न भएका योजनाको कार्य सम्पादनका विषयमा छलफल गर्दै नगरपालिकाको सभा हलमा शुक्रवार बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख अम्बिका चलाउनेले वाक नेपाल र शेभ द चिल्ड्रेनले गरेको कामको प्रशंसा गर्दै साझेदार सङ्घ संस्थालाई धन्यवाद दिइन् ।

नगर प्रमुख चलाउनेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आगामी दिनमा स्थानीय तह सँग समन्वय गरेर थप प्रभावकारी कार्य गर्न सुझाव दिइन् ।

कार्यक्रममा १ देखि ४ वडाका वडा अध्यक्ष, वाक नेपाल र शेभ द चिल्ड्रेनद्वारा सञ्चालित पावर परियोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।