मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लैंगिक हिँसा बिरुद्धको चेतनामुलक कार्यक्रम साँफेबगर वडा नं. ७ मा सम्पन्न

लैंगिक हिँसा बिरुद्धको चेतनामुलक कार्यक्रम साँफेबगर वडा नं. ७ मा सम्पन्न


अछाम : लैंगिक हिँसा बिरुद्धको को १६ दिने अभियान अन्र्तगतको चेतनामुलक कार्यक्रम साँफेबगर वडा नं। ७ मा सम्पन्न भएको छ । वडाध्यक्ष हिक्मत कडायतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिविस सभापती भरत कुमार स्वाँर प्रमुख अथिति रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गोकुल भाट बिशिष्ट अथिति रहेका थिए । यस्तै कार्यक्रममा स्थानिय नेता कार्यकर्ता, माहिला लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी प्रमुख अथिति लगायतका व्यक्ताहरुले लैंगिक हिंसा रोक्न सबै क्षेत्र जुट्नुपर्ने बताएका थिए । लैंगिक बिभेद अन्त्यका लागि सबै व्यक्ती जिम्मेवार हुने उनिहरुको भनाई थियो ।

लैङ्गकि हिँसा अत्यको सुनिश्चिता, महिला र बालबालिका लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ देशैभर यो अभियान सञ्चालन भईरहेको छ । त्यसै अन्र्तगत साँफेबगर ७ मा पनि कार्यक्रम गरिएको वडाध्यक्ष हिक्मत कडायतले बताए ।

यस्तै ससाँफेबगर नगरपालिका वडा नं। ७ को आयोजना, यूएनएफपिएको आर्थिक सहयोग तथा पिसविन नेपाल, वाक नेपाल र कुमाल गाँउ सामुदायिक बन उपभोक्ता समितिको सहकार्यक्रममा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बिभिन्न चेतनामुलक देउडा गित समेत प्रस्तुत गरिएका थिए । हरेक बर्ष मंसिर ९ देखि २४ गते सम्म यो दिवस मनाउदै आईएको छ ।