मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट २ खेलाडीको नाममा वडा अध्यक्ष रावलले ३ वर्ष सम्म पैसा बचत गरिदिने 

उत्कृष्ट २ खेलाडीको नाममा वडा अध्यक्ष रावलले ३ वर्ष सम्म पैसा बचत गरिदिने 

राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताकी उत्कृष्ट भलिबल खेलाडी  सम्मानित 


अछाम: पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर -६ ताेलीका वडा अध्यक्ष कमल रावलले उत्कृष्ट खेलाडीलाई आफ्नो कार्यकालको ३ वर्ष सम्म प्रत्येक वर्ष ३ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । 

भर्खरै सम्पन्न १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड नगर स्तरीय छनोट प्रतियोगिता बाट धनवन्तरी मावि बाट उत्कृष्ट भलिबल खेल खेलेकी दिलसरा भण्डारी र शान्ति तिरुवा लाई बाँकी रहेको ३ वर्षीय कार्यकाल भरि वार्षिक ३ हजारका दरले वसन्त बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिदिने उद्घोष गरेका हुन् ।

खेल प्रति खेलाडीहरूको हौसला तथा मनोबल उच्च हुने उद्देश्यका साथ उत्कृष्ट खेलाडीहरू लाई सहयोग गरेको अध्यक्ष रावलले बताए । 

वडा नम्बर -६ ताेलीमा रहेको वसन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ साधारण सभाको अवसरमा उनीहरू लाई बचत बुक हस्तान्तरण गर्दै उनीहरूको नाममा बचत गरिदिने प्रतिबद्धता जनाएको वडा अध्यक्ष कमल रावलले सुदूरआज लाई जानकारी दिए ।