मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला उद्यमी संघ अछामको अध्यक्षमा इन्दिरा रेग्मी

महिला उद्यमी संघ अछामको अध्यक्षमा इन्दिरा रेग्मी

उद्यमी संघ नेपालको साधारण सभा अछामकाे विनायकमा सम्पन्न


अछाम : अछामका उद्यमी महिलाहरुको साझा संस्था महिला उद्यमी संघ नेपालको साधारणसभा आज सम्पन्न भएको छ ।

अध्यक्ष तिलसरा विष्टको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने रहेकी थिइन् भने विशिष्ट अतिथि कमलबजार नगरपालिका नगर उपप्रमुख शारदा विष्ट कुँवर र निवर्तमान उपप्रमुख भूमिशरण बजगाई रहेकी थिइन् ।

साधारण सभाबाट इन्दिरा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । जिल्लाका विभिन्न सामाजिक गतिविधिमा लामो समयदेखि क्रियाशील सामाजिक अभियन्ता एवम् उद्यमी रेग्मीको नेतृत्वमा गठित यस समितिमा जिल्लाको मंगलसेन, साँफेबगर, कमलबजार लगायतका व्यापारिक क्षेत्रबाट सदस्यहरु निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा तारा कडायत, सचिव राधा आचार्य ढकाल, कोषाध्यक्ष शान्ति रोकाय सहित मंगलसेन नगरपालिकाबाट ५ जना सदस्य, कमलबजार नगरपालिकाबाट २ जना सदस्य र साँफेबगर नगरपालिकाबाट १ जना सदस्य गरी जम्मा १५ जनाको कार्यसमिति गठन गरिएको हो ।

साधारण सभाको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेले उद्यमी महिलाको हक, हित र उत्थानका लागि आफू जहिल्यै अग्रपंक्तिमा सहकार्य गर्ने बताइन् । विशिष्ट अतिथि कमलबजार नगरपालिका उपप्रमुख शारदा विष्ट कुँवरले अछामी महिलाको सशक्त क्षेत्रको उत्थानमा होस्टेमा हैसे गर्न तयार रहेको अभिव्यक्ति दिइन् ।

विशिष्ट अतिथिकै आसनबाट कमलबजार नगरपालिकाकी निवर्तमान उपप्रमुख भूमिशरण बजगाईले यो संस्था महिला उद्यमीहरुको साझा अग्रणी संस्था भएकोले सबै सम्बद्ध महिला दिदीबहिनीले संगठित हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य अञ्जु मल्ल, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य कमल अधिकारी, नेकपा जिल्ला सचिव सज्जन सि सहित विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियोे ।