मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रगत अभावमा आमा गुमाएका ‘भवेन्द्र’को ५७ औँ पटक रक्तदान

रगत अभावमा आमा गुमाएका ‘भवेन्द्र’को ५७ औँ पटक रक्तदान

“९ बर्षको अवधिमा मैले बिभिन्न प्रकारका बिरामीलाई सेवा दिएको छु, स्वास्थ्य पेशामा निरन्तर क्रियाशिल छु, सिक्दै पनि छु, यहि पेशामा रहेर अझ राम्रो गर्न सकुँ भन्ने भावना छ ।”


अछाम । १४ बर्षको हुदाँ बुवाले अर्को बिवाह गरे । घरमा आमा हुदा हुदैँ बुवाले थप दुईवटा बिहे किन गरे उनले ठम्याउन सकेनन् । घरको कुरा थाह नपाए पनि ९ कक्षा पढ्ने बेला नै उनको मनमा हुटहुटी थियो कि आफु एमबिबिएस पढ्ने । उनि जति जति परिपक्क हुदैँ गए घरको अवस्था र आफ्नो जिम्मेवारीका बारेमा पनि कर्तव्यबोध हुदैँ गए ।

परिवार नै द्धन्द्ध पिडित हुदाँ उनको बाल्यकालको पढाई नै एक ठाँउमा भएन, कहिले अछाम, कहिले कैलाली त कहिले बाँके पनि भयो । जब उनले एसएलसी परिक्षामा पास भए तब एमबिबिएस पढ्नका लागि घरमा बुवालाई आग्रह गरे, तर उनका बुवाले ठाडो जवाफ दिएर्, हाम्रो आर्थिक श्रोतले त्यति ठुलो पढाई गराउन सक्दिन’ । त्यसदिन उनको मन खिन्न भयो ।

अछामको चौरपाटी गाँउपालिका वडा नं. ४ पायल घर भएका भबेन्द्र बोहराले हरेस नखाई एचए पढ्ने अठोट लिए । उनी भन्छन् ‘सिएमए र एचए पढेमा छोटो समयमै पढाई सकेर डाक्टर नै नभएपनि स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ भन्ने कुरा थाह पाएर यो क्षेत्र रोजें ।’

अझ त्यसमा पनि सिएमए भन्दा राम्रो एचए हुने थाह पाएपछि उने कैलालीको भागेश्वर एकेडेमी फर हेल्थ साईन्समा प्रबेश परिक्षा दिएर पास भए । हेल्थ असिष्टेण्ट (एचए) कोर्ष पुरा गर्न भवेन्द्रलाई थुप्रै चुनौतीसंग पौठेजोरी खेल्नु पर्यो । उनले घरबाट पहिलो बर्षको शुल्क पाउन मात्रै पनि थुप्रै चुनौतीको सामना गर्नु पर्यो । त्यसपछिका दिनहरुमा उनलाई आफ्नो पढाईको खर्च जुटाउन धौ धौ भयो । बुवाले अर्को बिबाह गरेपछि सौतेनी आमाका कारण उनलाई घरबाट कलेजको शुल्क पाउन सकेनन् ।

घरबाट कलेजको शुल्क नपाएपछि उनले आफ्नो पढाई संगसंगै कहिले होटल त कहिले अन्य ठाँउमा काम गर्न थाले । होटलमा काम गरेको पैसाबाट उनले आफ्नो पढाईको खर्च जुटाएर जेनतेन एचए कोर्ष पुरा गरे । पढाईको कोर्ष पुरा गरेपनि भवेन्द्रले कलेजमा ६ महिनाको शुल्क तिर्न बाँकी थियो भने उनको एचएको सर्टिफिकेट समेत हात परेको थिएन् । पढाईसकेपछि उनले ६ महिना स्वास्थ्य संस्थामा काम गरे । त्यसबाट भएको कमाईले उनले कलेजको शुल्क तिरेर सर्टिफिकेट प्राप्त गरे ।

त्यसपछि उनलाई काउिन्सलमा दर्ता हुने बाटो खुल्यो । काउन्सिलमा दर्ता भईसकेपछि उनी जागिरका लागि जहाँ जहाँ बिज्ञापन भए त्यहि आवेदन दिन थाले । सुरुका ११ महिना उनले वाक नेपालमा काम गरे । वल्र्ड भिजनको सहकार्यमा वाक नेपालले एचआईभी एड्स तथा यौन रोगका क्षेत्रमा काम गर्थ्यो । भवेन्द्रले पनि गाँउ गाँउमा गएर शिबिर गर्ने रोगी पत्ता लगाएर उपचारको लागि अस्पताल पठाउने काम गरे ।

वाक नेपालमा काम गर्ने बेला देखि नै उनलाई बयालपाटा अस्पतालमा काम गर्ने ठुलो रहर जाग्यो । निशुल्क रुपमा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा दिईरहेको अस्पतालमा काम गर्नुपर्छ भन्ने अठोटका साथ उनले बयालपाटा अस्पतालमा आवेदन दिए र १८ फेबु्रअरी सन् २०१५ मा छनोट भए । उनि अहिले बयालपाटा अस्पतालमा सिनियर हेल्थ असिष्टेण्टको रुपमा कार्यरत छन् ।

आमाका्े सम्झनामा रक्तदान ।

भवेन्द्र बोहरा अछाममा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ती भित्र समेत पर्दछन् । उनले हालसम्म ५७ पटक रक्तदान गरिसकेका छन् । रक्तदान गरेर कसैको जीवन जोगाउन पाउदाँ उनलाई आफ्नी आमाको याद आँउछ । म जब रक्तदान गर्छु मेरी आमालाई याद गर्छु, उनि सम्झन्छन ‘गर्भवती भएकी माईली (सौतेनी) आमाको शरिरमा २ प्वाईन्ट मात्र रगत हुदाँ रगत अभावमा अकालमै ज्यान गुमाउनु परेको थियो, रगत नपाएर अकालमै कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने चाहान्छन् उनि ।’

आफुले रगत दिएको कोही बिरामी पनि निको हुदाँ आफुलाई खुशी मिल्छ उनि भन्छन् ‘६०/७० बर्षको बृद्धबृद्धालाई रगत दिदाँ उपचार भएर निको भएर घर फर्केपछि उहाँको छोराछोरी खुशी भएर भेट्न आउदा गर्व महशुस हुन्छ ।’ सुत्केरी अवस्थामा समेत रगत नपाएर छटपटाएर मृत्युशैयामा रहेका महिलालाई समेत आफले रगत दिएर ज्यान जोगाएको उनि सम्झन्छन् ।

७ बर्ष मनोसामाजिक परार्मकर्ता ।

हेल्थ असिष्टेण्ट (एचए) मा छनोट भएपछि सुरुको २ बर्ष भवेन्द्रले बयालपाटा अस्पतालको ओपिडी, आकस्मिक कक्ष, अप्रेसन कक्षमा काम गरे । बिचमा अस्पतालले मानसिक स्वास्थ्यमा समेत काम गर्ने भनेर ६ महिनाको मनोसामाजिक परार्मश सम्बन्धि तालिम आएपछि उनले सो तालिममा आफु जान ईच्छुक रहेको बताएपछि अस्पताल प्रशासनले उनलाई तालिमको लागि चितवन पठायो । तालिम पश्चात उनले ७ बर्ष अस्पतालको मानसिक स्वास्थ्य सेवा विभागमा काम गरे ।

मानसिक समस्या भएरका बिरामीलाई काउन्सिलिङ्घ गरेर उपचार दिन पाँउदा र निको भएर घर फर्किदा भवेन्द्रको मनमा खुशी मिल्छ । उनी सुम्झन्छन् ‘उमेरले १८ बर्षका व्यक्ती होस नै नहुने अवस्थामा डोरीले बाधेर बयालपाटा अस्पताल पुर्याईएको थियो, डिप्रेसन र उत्त्तेजित हुने उदासिनताको अर्को रुपका बिरामीलाई १ बर्षको अवधि सम्म भवेन्द्रले आफ्नो निगरानीमा उपचार गरे । पछि उनि निको भएर नेपाल आर्मीमा छनोट हुन समेत सफल भएको भवेन्द्र सुनाउछन् ।’ नेपाल आर्मी भएर भेट्दा आफुलाई गर्व महसुश भएको उनी बताउछन् ।

८ बर्षको अवधिमा आफुले थुप्रै बिरामीलाई सेवा दिएको उनि सुनाउछन् । अस्पतालबाट कोही बिरामी रिफर हुदाँ होस् आकस्मिक अवस्थामा अन्य क्षेत्रमा स्वास्थ्य सेवा दिनु पर्दा समेत भवेन्द्र दुख नमानी बिरामीसंगै अस्पताल सम्म पुग्छन् । स्वास्थ्य पेशमा निरन्तर क्रियाशिल छु, सिक्दै पनि छु, यहि पेशामा रहेर अझ राम्रो गर्न सकुँ भन्ने भावना भवेन्द्रको छ ।