अछामको मंगलसेन नगरपालिकाले नगरकै भौगोलिक रुपमा विकट वडा वडा न १३ मा एकीकृत शिविर संचालन गरि सेवा प्रवाह गरेको छ ।
नगरकै विकट वडाको रुपमा हेरिएको उक्त वडाका नागरिकहरुलाई सामान्य सेवा लिनका लागि पनि मंगलसेनमै आउनुपर्ने बाध्यता रहेकाले त्यो बाध्यताको अन्त्य गर्नका लागि वडामै गएर सेवा प्रवाह गरिएको पालिकाले जनाएको छ ।
साविकको बस्ती गाविसका नागरिकहरुलाई मंगलसेनमा आएर सेवा लिन आउदा धेरै खर्चिलो हुने र सास्ती पनि खेप्नुपर्ने भएकाले नागरिकको सहजताका लागि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुको टोली बस्तीमा पुगेको हो ।
शिविरको बुधबार एक कार्यक्रमको आयोजनागरि उद्घाटन गरिएको थियो । दुईदिने एकीकृत स्वास्थ्य शिविरमा पहिलो दिन बस्ती स्वास्थ्य चौकीमा १७५ जनाले बहिरङ्ग उपचार तथा निशुलक औषधी सेवा लिएका छन भने ११५ जनाको आँखा परीक्षण तथा चस्मा वितरण गरिएको थियो ।
यसैगरि २० जनाले प्रयोगशाला सेवा प्राप्त गरेका थिए भने १० जना गर्भवती महिलाको भिडियो एक्सरे तथा ७ जनाको पाठेघरको मुखको क्यान्सर पहिचनाका लागि भिआईए परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।
यसैगरि जेठ २८ गते सोही वडाका बाडामा संचालन भएको स्वास्थ्य शिविरमा १ सय ४५ जनाले बहिरंङ्ख उपचार, १ सय १० जनाको आँखा परिक्षण र चस्मा वितरण गरिएको थियो भने २० जनाले प्रयोगशाला सेवा लिएका छन ।
सोही अवसरमा १० जना गर्भवती महिलाको भिडियो एक्सरे तथा २ जनाको भिआईए परिक्षण गरिएको बताईएको छ । कार्यक्रममा ८ जना अपांगता भएका नागरिकलाई अपांगता परिचय पत्र समेत वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले बताउनुभयो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम बस्तीका नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
नगर प्रमुख बोहराले रोग लागेपछी मात्रै उपचार खोज्ने बानीको अन्त्य गर्नुपर्ने सुझाज दिदै बस्तीलाई नगरपालिकाले जहिले पनि पहिलो प्राथमितकामा राख्ने गरेको बताउनुभयो ।
कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी लगायत विभिन्न विषयगत शाखा प्रमुख तथा बयालपाटा अस्पताल, जिल्ला अस्पताल र आँखा उपचार केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बस्तीका नागरिकहरु गुणस्तरिय स्वास्थ्य सेवा आफ्नै गाउँघरमा पाएपछी निकै खुसी भएका छन । यस्ता कार्यक्रमले आफुहरुलाई धेरै ठुलो राहात पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन ।
यो शिविरबाट बस्तीका नागरिकको ठुलो धनराशी समेत जोगीएको त्यहाका स्थानीएको भनाई छ ।



















प्रतिक्रिया