मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट उच्च अदालतको न्यायधीशमा पुग्ने तेश्रो व्यक्ती बने भण्डारी

अछामबाट उच्च अदालतको न्यायधीशमा पुग्ने तेश्रो व्यक्ती बने भण्डारी

"न्यायलय जस्तो संबेदनशिल क्षेत्रमा पेशागत मर्यादालाई उच्च राख्दै बिधिको शासनको पूर्ण पालना गर्दै काम गर्नेछु"


अछाम । अछाम जिल्लाबाट अधिवक्ता मातृका प्रसाद भण्डारी न्यायधीश बनेका छन् । न्याय परिषदले उनलाई उच्च अदालतको न्यायधीशमा नियक्त गरेको हो ।

कानुन व्यावसायी, जिल्ला अदालतका न्यायधीश र कानुनी सेवाका कर्मचारीलाई उच्च अदालतको न्यायधीश चयन गर्ने क्रममा अधिवक्ता भण्डारी कानुन व्यावसायी अन्र्तगत न्यायधीशमा नियूक्त भएका हुन् ।

कानुनी मर्दादाको अक्षरस पालना गर्दै निष्पक्ष, ईमान्दारिता, नैतिवान, शालिन र सभ्य अधिबक्ताको परिचय बनाएका भण्डारीले सोमबार उच्च अदालतको न्यायधीशका रुपमा सपथ ग्रहण गरेका छन् भने मंगलबार उच्च अदालत जनकपुर राजबिराज ईजलासको लागि उनको पदस्थापन भएको छ ।

उच्च अदालतको न्यायधीशको सपथ ग्रहण पश्चात सुदूरआज संग सक्षिप्त कुरा गर्दै उनले जिम्मेवारी र चुनौती दुबै थपिएको बताए । न्यायलय जस्तो संबेदनशिल क्षेत्रमा पेशागत मर्यादालाई उच्च राख्दै बिधिको शासनको पूर्ण पालना गर्दै काम गर्ने उनले बताए । कानुन भन्दा बाहिर कोही पनि हुदैन् भन्दै न्यायधीश भण्डारीले कानुनको सर्वोच्वतालाई कायम राख्दै कत्तिपनि बिचलित नभई दृढ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अछाम जिल्ला जस्तो पिछडिएको जिल्लामा गरिबी, असाह्य, दिनदुखी र अन्यायमा परेकालाई न्याय दिन सकिन्छ की भनेर नै आफुले त्यो बेला कानुन बिषय रोजको उनी बताउछन् । काुननी मर्यादाको परिधि भित्र रहदैँ आफुले हाल सम्म ५०० बढी मुद्धाहरुको फैसला गराउन भुमिका निर्वाह गरेको समेत उनले स्मरण गरे ।

आफुले गरिब असाह्यको पक्षमा वकालत गर्दै कतिपय बेला निशुल्क रुपमा समेत बहस गरको उनले बताए । कतिपय बेला खाना खाने पैसा समेत नभएका व्यक्ती आफुसंग न्याय माग्न आएका बेला उल्टै खाना खर्च दिएर पठाएको समेत भण्डारीले स्मरण गरे ।

अछाम जिल्लाबाट यसअघि साँफेबगर नगरपालिका वडा नं. ८ काटैका रेवन्त कुवँर र बान्नीगढी जयगढ गाँउपालिका भुवाबाँझका भिम बहादुर बोहराले उच्च अदालतको न्यायधीश भएर काम गरेका थिए भने अछाम जिल्लाबाट सर्वोच्व अदालतमा पुग्ने पहिलो व्यक्ती भने मंगलसैन नगरपालिका वडा नं. ८ वलिगाउका झपट बहादुर रावल हुन् ।

को हुन् न्यायधीश मातृका भण्डारी

अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ स्याउलेमा जन्मेका हुन मातृका प्रसाद भण्डारी । तत्कालिन प्रधानपञ्च (२०३९ र २०४६) नन्दाराम भण्डारीका दोश्रो सन्तान भण्डारीलको प्रारम्भिक शिक्षा बिरपथको कृष्ण प्राबी ढुप्केमा भयो ।

२०४८ सालमा अछामको सदरमुकाममा मंगलसैनमा रहेको षोडशा माबीबाट एसएलसी उर्तिण गरेका भण्डारी उच्च शिक्षा अध्ययनका लागि बाँकेको नेपालगञ्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा पुगे । उनले सो क्याम्पसमा बाट आईएल र बिएल पास गरे ।

त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तर एमए (राजनितिशास्त्र) र एमएड (पाठ्यक्रम र मुल्यांकन) उपाधी हासिल गरेका भण्डारीले २०५७ सालमा अधिवक्ताको लाईसेन्स प्राप्त गरे । सो पश्चात भण्डारीले २०५८ देखि २०६१ साल सम्म नेपालगञ्जमा रहेर कानुन व्यावसायीका रुपमा काम गरे ।

२०६२ सालमा अछाम फर्केका अधिवक्ता भण्डारीले अनवरत रुपमा १८ बर्ष अछाम जिल्लामा रहेर कानुन व्यावसायीको रुपमा काम गरेको अनुभव छ ।