मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले लगानी गर्न नसक्दा खेल क्षेत्रको विकास सोच अनुरुप हुन सकेन् : सांसद शाह

सरकारले लगानी गर्न नसक्दा खेल क्षेत्रको विकास सोच अनुरुप हुन सकेन् : सांसद शाह

मंगलसैन दरबार पून: निर्माण र जंगलघाटमा पक्की पुल बन्ने क्रममा छ


अछाम : प्रतिनिधी सभा सदस्य माननिय सांसद पुष्प बहादुर शाहले खेलकुदले गौरब, शान, मान र पहिचान दिने बताए । खेलकुदमा लगानीका साथसाथै खेलाडीहरुले पनि व्यवस्थित र अनुशासित हुन जरुरी रहेका बताए । अछाम जिल्ला स्तरिय १४ औँ राष्ट्रिपति रनिंग शिल्ड प्रतियोगिताको शनिबार मंगलसैनमा उदघटन गर्दै सांसद शाहले खेलकुदकै माध्यमबाट सामाजिक एकता र सद्धभाव समेत कायम गर्न सकिने बताए ।

नेपाली कांग्रेस अछामका सभापति समेत रहेका शाहले आफु विगतमा भलिबल खेलाडी र रेफ्रि भएको स्मरण गर्दै थिए खेलकुद क्षेत्रलाई आफुले जहिल्यै सम्मान र गौरबका रुपमा लिने गरेको बताए । नेपालको राष्ट्रिय क्रिकेटमा समेत अन्तराष्ट्रिय स्तरमा राम्रो फट्को मारेको भन्दै माननिय शाहले अछाम जिल्लाबाट समेत खेलाडीहरुले राष्ट्रिय स्तरमा पुग्नुपर्नेमा जोड दिए ।

सांसद शाहले खेल क्षेत्रको विकास नभएसम्म अन्य कुरामा प्रगति हुन नसक्ने बताए। राष्ट्र र स्वास्थ्य दुवैका लागि खेल आवश्यक रहेकाले यसमा ठूलो लगानी जरुरत रहेको उल्लेख गरे। खेल क्षेत्रमा सरकारले चाहिने जति लगानी गर्न नसक्दा खेलकुद क्षेत्रको विकास सोच अनुरुप हुन नसकेको उनले बताए । जिल्लाको खेल क्षेत्रको विकास र पूर्वाधारण निर्माणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता समेत उनले जनाए ।

एक फरक प्रसंगमा बोल्दै अछाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिध सभा सदस्य शाहले १६ बर्ष देखि निर्माण पुरा हुन नसकेको मंगलसैन दरबार र २०२८ साल देखि सुरु भएको चिसापानी जंगलघाट मंगलसैन सड्कको जंगलघाटमा पर्ने पक्की पुल लामो समय देखि अधुरै रहेकाले यसका लागि आफुले सक्दो पहल गरिरहेको र अब यो बन्ने क्रममा रहेको बताए ।

यस्तै जिल्लाका अन्य गौरवका योजनाहरु बेतान कर्णाली, अपर कर्णाली, बुढीगंगा हाईड्रोपावर र सेती लोकमार्गको काम समेत छिटो बन्नुपर्ने र त्यसका लागि आफु स्थानिय र प्रदेश सरकार संग समन्वय गरी संघिय संसदमा समेत पहल गर्ने बताए | जिल्लाका अधुरा रहेका अन्य योजना र हरेक विकास निर्माण, शिक्षा, स्वास्थ्य र जिल्ला अस्पतालको विकासका लागि आफु सबै संग हातेमालो गर्दे अघि बढ्न तयार रहेको उनले बताए ।

सदरमुकाम मंगलसेनमा सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बिशिस्ट अथिति रहेका जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले खेलसबै तहबाट खेल क्षेत्रको विकासका लागि पहल हुन जरुरी रहेको बताए । सह आयोजक तथ सबै स्थानिय पालिकाको तर्फबाट मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले मन्तव्य राख्दै खेल क्षेत्रलाई सधै प्राथमिक्तामा राखेको बताए । साथै उनले नयाँ खेलकुद मैदान मंगलसैनको मात्रै नभई समग्र अछाम जिल्लाकै शानका रुपमा लिनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले शुभकामना मन्तब्य राखेका थिए | उदघाटन कार्यक्रममा दशवटै स्थानीय तहका प्रमुखसहित जिल्लाका अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। जिल्लाका दशवटै स्थानीय तहका खेलाडीहरू सहभागी भएको प्रतियोगिता जिल्ला खेलकुद समितिको आयोजना तथा मंगलसेन नगरपालिकाको सहआयोजनामा सुरु भएको हो |

प्रतियोगितामा भलिबल, कबडीलगायतका दर्जनौँ खेलहरू खेलाइनेछ। उद्घाटन समारोहमा दशवटै स्थानीय तहबाट सदरमुकाम आएका खेलाडीहरूले मार्चपास गरेर अतिथिहरूलाई खेल मैदानमा भव्य स्वागत गरेका थिए।