मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा एक साता देखि अवरुद्ध शल्य प्रसुती सेवा पुन: सुचारु

बयालपाटा अस्पतालमा एक साता देखि अवरुद्ध शल्य प्रसुती सेवा पुन: सुचारु


अछाम : बिगत एक साता देखि बयालपाटा अस्पतालमा अवरुद्ध भएको शल्य प्रसुती सेवा पुन सुचारु भएको छ ।

अस्पतालमा कार्यरत एडभान्स एसबिए डा. दिल शाही रोक्काले राजिनामा दिएपछि र अर्का एमडिजिपी डाक्टर घर समस्याका कारण अस्पताल नफर्केपछि रोकिएको शल्य प्रसुती सेवा आज सोमबार बाट पुन सुचारु भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश निर्देशनालयबाट जिल्ला अस्पताल अछाममा कार्यरत डा. अतुल भारद्धाज काजमा बयालपाटा अस्पतालमा खटि आएपछि सेवा सुचारु भएको हो । उनले आज पहिलो दिन नै एक जना गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसुती गराएका छन् ।

जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. १ बाट आएकी १९ बर्षिया गर्भवती अमृता साँउदको शल्यक्रिया भएको हो । उनको पेटमा रहेको बच्चाको मुटुको ढुकढुकी कम भएका कारण शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत निर्देशनायलको पत्र अनुसार डाक्टर भारद्धाज १ महिनाका लागि बयालपाटा अस्पतालमा खटाईएका छन् ।