मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा जंगलघाटमा फेरीको शिलान्यास 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा जंगलघाटमा फेरीको शिलान्यास 


अछाम : सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल शाहले अछाम – सुर्खेत जंगलघाट मा फेरीको शिलान्यास गरेका छन् । 

सुदूरपश्चिम र कर्णाली प्रदेश लाई जोड्ने कर्णाली चिसापानी -जंगलघाट- तुर्माखाँद सडक खण्ड अन्तर्गत जंगलघाटमा गाडी ओसारपसार गर्ने वैकल्पिक व्यवस्थाका लागी मंगलबार फेरीको शिलान्यास गरिएको हो । 

कर्णाली नदी माथि सञ्चालन हुन लागेको फेरिले अछाम बाट सुर्खेत हुँदै कैलाली सम्म छोटो दूरीका रूपमा यात्रा गर्न सकिने भएकाले पूर्वी  अछाम बासीले खुसी व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा सङ्घीय सांसद पुष्प बहादुर शाह, प्रदेश सांसद अक्कल बहादुर रावल, पञ्चदेवल विनायक नगरपालिकाका  नगरप्रमुख अम्बिका चलाउने, तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँद लगायत जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।