मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्लड बैंक स्थापनार्थ छैटौं साँफेबगर महोत्सव

ब्लड बैंक स्थापनार्थ छैटौं साँफेबगर महोत्सव


अछाम : जिल्लाको साँफेबगर ७ रिडिकोटमा रहेको बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि छैटौं साँफेबगरमा महोत्सव सञ्चालन गरिएको छ ।

अस्पतालमा उपचारका लागि आएका बिरामीका लागि रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै ब्लड बैँक स्थापनार्थ महोत्सव सञ्चालन गरिएको आयोजक लायन्स क्लब अफ साँफेबगरले जनाएको छ ।

महोत्सव सञ्चालनबाट संकलन भएको पैसाले बयालपाटामा ब्लड बैंक स्थापना गरिने आयोजक संस्थाका अध्यक्ष कृष्ण कुँवरले बताए । ब्लड बैँक स्थापनार्थ भन्ने मुख्य उद्देश्य राखेर सञ्चालन भएको महोत्वको नारा ‘स्थानीय उत्पादन कला, संस्कृति खेलकुद तथा पर्यटन प्रवद्र्धन’ भन्ने रहेको छ ।

जिल्लामा बेला बेला ब्लड अभावमा बिरामीले भौतारिनु पर्ने समस्यालाई मध्यजर सो समाधानका लागि क्लबले ब्लड बैंक स्थापना गर्ने मुख्य लक्ष्य राखेको छ ।

सो कार्यका लागि आर्थिक संकलनसहित महोत्सवबाट उठेको रकमले ब्लड बैँक स्थापना गरिने आयोजक संस्थाका कोषाध्यक्ष हिमाल कुँवरले बताए ।

बयालपाटा अस्पतालले बिगत १६ बर्ष देखि निशुल्क रुपमा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । अस्पतालमा अछाम सहितबाजुरा डोटी लगायतका सुदूर तथ कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी उपचारका लागि आउँछन्।

महोत्सव अवधिभर रक्तदान कार्यक्रम समेत सञ्चालन भईरहेको छ ।