मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजुडामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु

बजुडामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु



अछाम : कमलबजार नगरपालिका २ बजुडाको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

वडा नम्बर २ बजुडाको आयोजनामा भएको खुल्ला भलिबल प्रतियोगितामा १८ वडा टिमको सहभागीता रहेको छ ।

खुल्ला भलिबल प्रतियोगिताको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले उद्य्घाटन गदै प्रतियोगितामा नगर र वडाले दक्ष खेलाडी उत्पादन गर्न महत्वपुर्ण भुमिका खेल्लने बताए ।

कमलबजार नगरपालिका वडा नम्बर २ बजुडाका वडा अध्यक्ष दिर्घा टमट्टाको अध्यक्षतामा भएको प्रतियोगिताका प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहेका थिए ।

बिशिस्ट अतिथि नगर उप प्रमुख शारदा कुमारी बिष्ट, खेल समिति अध्यक्ष तेज बहादुर बिष्ट, सबै वडाका वडा अध्यक्षहरु, विभिन्न राजनीतिकदलका पार्टी प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक कर्मचारी , समाजसेवी बुद्धिजीवी , विद्यार्थी , सुरक्षाकर्मी , सञ्चारकर्मी , लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथम ,द्धितिय , तृतिय ,र सान्तना हुनेलाई पुरस्कार , मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद समितिका कोषाध्यक्ष डबल बिकले बताए ।