मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका स्तरीय परियोजना तथा परिचयात्मक बैठक कमलबजारमा सम्पन्न

पालिका स्तरीय परियोजना तथा परिचयात्मक बैठक कमलबजारमा सम्पन्न


कमलबजार : नगरपालिका स्तरीय परियोजना तथा परिचयात्मक बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।

वाक नेपालको आयोजना तथा वल्र्ड भिजनको आर्थिक तथा प्राबिधिक सहयोगमा नगरपालिका स्तरीय परियोजना परिचयात्मक बैठक आइतबार कमलबजार नगरपालिकामा सम्पन्न भएको हो ।

बर्थिङ्ग सेन्टरको स्तर उन्नति गरि मातृ शिशु स्वास्थ तथा पोषणको क्षेत्रमा सुधार गर्ने कमलबजार नगरपालिका वडा नम्बर २ मा रहेको स्वास्थ चौकीलाई सुदृढीकरण गर्ने बैठकको उदयस्य रहेको छ ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकामा कार्यरत कर्मचारी, महिला स्वयंसेविका, वाक नेपालका कार्यक्रम व्यावस्थापक चेतराज जोसी, कार्यक्रम अधिकृत उमा अवस्थी, अनुगमन तथा मुल्यांकन अधिकृत टेकेन्द्र परियार, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

वाक नेपालका अध्यक्ष बल बहादुर केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अनुगमन तथा मुल्यांकन अधिकृत टेकेन्द्र परियारले गर्नुभएको थियो ।