मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोजी कुवँरलाई ‘युवा प्रतिभा’ सम्मान

रोजी कुवँरलाई ‘युवा प्रतिभा’ सम्मान


अछाम । अछाम घर भई कलाकार क्षेत्रमा क्रियाशील रोजी कुवँरलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको छ । सुप ईन्टरटेनेन्ट हाउस धनगढीले कलाकार कुवँरलाई दोश्रो सुप ईन्टरटेन्मेन्ट म्युजिक अर्वाड २०८० अन्र्तगत युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।

धनगढीमा एक कार्यक्रमको आयोजना कुँवरलाई मौलिक संस्कृती तथा साहित्यको गौरव बढाउन कलाकारिताको क्षेत्रबाट महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

कुँवर बिगत एक दशक देखि कलाकारिता क्षेत्रमा क्रियाशिल छन् भने उनले बढी गितमा अभिनय गरिसकेकी छन् । साहित्य तथा बिभिन्न महोत्सवको उनले आफ्नो प्रस्तुती दिदै आईरहकी छन् ।

कुवँर सगै ११ जना अन्य सर्जकलाई समेत सम्मान गरिएको थियो । जसमा दशक कला साहित्यबाट लक्ष्मी प्रशाद शर्मा एलपी, लाईटाईम अचिभमेण्टबाट माधब बिशष्ट कैलाश, समाजिक सेवा तर्फ डा. निराजन दत्त शर्मा (पौड्याल) कला संगित प्रेमी तर्फ फुलराम चौधरी, युवा समाजसेवी तर्फ प्रकाश मिश्र, कला पत्रकारिता तर्फ अंकित उप्रेती रहेका छन् ।

यस्तै सुप ईन्टरटेन्मेन्ट सम्मान तर्फ जीबी मुखिया, कला पत्रकारिता सम्मान तर्फ धुर्व ओझा, दशक सम्मा तर्फ जगदिश राना, युवा प्रतिभा सम्मान तर्फ मुकुन्द जिसी र कला सम्मान तर्फ जयराज राना रहेका छन् ।