मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैद्यनाथ कोटीहोम सफल पार्न २ करोड संकलन र ढेड करोड खर्च हुने प्रक्षेपण

बैद्यनाथ कोटीहोम सफल पार्न २ करोड संकलन र ढेड करोड खर्च हुने प्रक्षेपण

६३ लाख संकलनमा ३८ लाख ५० हजार खर्च


अछाम : अछामको बैद्यनाथ क्षेत्रमा फागुन १० देखि २५ गते शिवरात्री मेला सम्म सञ्चालन हुने कोटीहोम सफल पार्न मुल आयोजक समितिले २ करोड आर्थिक संकलन हुने लक्ष्य राखेको छ भने डेढ करोड खर्च हुने प्रक्षेपण गरेको छ ।

जसका लागि संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार, दातृ निकाय, बिभिन्न संघ संस्था, जिल्ला बाहिर तथा भारतमा समेत आर्थिक सहयोगका लागि अपिल गरिएको मुल आयोजक समितिले जनाएको छ ।

१४४ बर्ष पछि हुने कोटीहोममा जिल्लाबासी बिभिन्न दाताहरुलाई समेत खुल्ला हृद्धयले दान गर्नका लागि अपिल गरिने आयोजकको भनाई छ । हाल सम्म ६३ लाख जम्मा भएकोमा ३८ लाख ५० हजार खर्च समेत भईसकेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

हरेक आम्दानी र खर्चको विबरण पारदर्शी पार्नका लागि दैनिक रुपमा खर्चको विवरण सार्वजनिक गरिने मुल आयोजक समितिका संयोजक शेर बहादुर कुँवरले बताए । कोटीहोम अरु महोत्सव जस्तो नभएकाले बैद्यनाथ बाबालाई साँचि राखेर धार्मिक मनले काम गरिने उनले बताए ।

संघिय सरकारको क्याबिनेट र सुदूर पश्चिम प्रदेश सरकारका मुख्य मन्त्री सरकारलाई आग्रह आर्थिक सहयोगका लागि बिशेष आग्रह गरिएको संयोजक कुँवरले बताए । अछामका स्थानिय पालिका बाट ४८ लाख आर्थिक सहयोगका लागि निर्णग गरेको र त्यसमा केही प्राप्त भएको केही प्राप्त हुने क्रममा रहेको उनको भनाई छ ।

बैद्यनाथ क्षेत्रमा यसअघि नै १ करोड १२ लाख जम्मा गरेर अक्षयकोष समेत निर्माण गरिएको छ ।