मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैद्यनाथ कोटीहोमको प्रचारका लागि मोटरसाईकल र्‍याली गरिने

बैद्यनाथ कोटीहोमको प्रचारका लागि मोटरसाईकल र्‍याली गरिने


अछाम : यहि फागुन १० गते देखि २५ गते सम्म बैद्यनाथ क्षेत्रमा सञ्चालन हुने कोटीहोमको प्रचार प्रसारका लागि मोटरसाईकल र्‍याली प्रर्दशन गरिने भएको छ । भोली ९ गते बुधबार मोटर साईकल र्‍याली गरिने कोटीहोम मुल आयोजक समितिले जनाएको छ ।

लाईन्स क्लब अफ साँफेबगरको नेतृृत्वमा बैद्यनाथ, साँफेबगर देखि बयालपााटा जयगढ हुदैँ मंगलसैन, साँफेबगर देखि बुढाबगर र साँफेबगर देखि चौखुट्टे सम्म मोटरसाईकल र्‍यालि गरिने क्लबका अध्यक्ष कृष्ण कुँवरले बताए ।

नेपालकै पवित्र तीर्थस्थलको रुपमा रहेको वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसारको लागि हुन गईरहेको कोटीहोमको व्यापपक प्रचार प्रसारका लागि मोटरसाईकल र्‍याली गरिने भएको अध्यक्ष कुँवरले बताए ।

१४४ बर्षपछि अछामको बैद्यनाथ क्षेत्रमा हुने कोटीहोम महाकुम्भ सफल पार्न सबै तर्फबाट सहयोगको अपेक्षा गरिएको मुल आयोजक समितीका संयोजक माननिय शेर बहादुर कुँवरले बताए ।

मोटरसाईकल र्‍यालीमा स्वतफुर्त रुपमा सहभागी हुने क्लबले आग्रह गरेको छ ।

कोटीहोमको सम्माननिय राष्टपति रामचन्द्र पौड्लले फागुन १० गते बिहान ११ बजेको शुभ साईतमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।