मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैद्यनाथ कोटीहोम आज देखि सुरु हुदैँ, राष्टपति पौडेलले उद्घाटन गर्ने

बैद्यनाथ कोटीहोम आज देखि सुरु हुदैँ, राष्टपति पौडेलले उद्घाटन गर्ने


अछाम : अछमको बैद्यनाथ धाममा आजदेखि कोटीहोम सुरु हुदैछ । बिहान ११ बजे सम्माननिय राष्टपति रामचन्द्र पौडलले कोटीहोमको समुद्घाटन गर्ने कार्यक्रम तय भएको मुल आयोजक समितीलेजनाएको छ ।

१४४ बर्ष पछि हुन गईरहेको कोटीहोमको सम्पुर्ण तयारी समेत पुरा भएको मुल आयोजक समितीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य माननिय शेर बहादुर कुँवरले बताए । कोटीहोमको पहिलो चरणको सबै तयारी पुरा हुनुका साथै सुरक्षा व्यावस्था समेत मजबुद पारिएको उनले बताए ।

बौद्धिक सनातन धर्मको संरक्षण सम्र्बद्धन, बैद्यनाथ बेद बिद्याश्रमको स्तर उन्नती गरि आयूवेर्दिक माबी स्थापना, बैद्यनाथ क्षेत्रको बिश्वव्यापी प्रचार प्रसार, यस क्षेत्रको धार्मिक तथा पर्यटकिय विकास, बैद्यनाथ धामको संरक्षण सम्र्बद्धन र पौराणिक हिसाबले बैद्यनाथ धाम नेपालका चार धाम मध्येको एक धाम भनी पुष्टी भएपनि सरकारी कागजमा बैद्यनाथ धामलाई घोषणा नगरेका कारण यथासक्य चाँडो सरकारले धाम घोषणाका लागि पहल गर्ने कोटीहोमको मुख्य उद्देश्य रहेको छ ।

साथै समाजमा शान्ति, सद्भाव, एकता, र मेलमिलाप कायम गर्नुका साथै बैद्यनाथ धाम क्षेत्रको विकास र समृद्धीको समेत अपेक्षा गरिएको छ । कोटीहोम फागुन २५ गते शिबरात्री सम्म चन्ले छ ।