मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवा दिवसको अवसरमा बजार सरसफाई तथा ब्याटमिण्टन प्रतियोगिता

स्वास्थ्य सेवा दिवसको अवसरमा बजार सरसफाई तथा ब्याटमिण्टन प्रतियोगिता


अछाम : अछाम जिल्लामा राष्टिय स्वास्थ्य सेवा दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ । २६ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला सदरमुकाम मंगलसैन बजार सरसफाई गरिएको हो ।

स्वास्थ्य कार्यालय अछामको आयोजनामा मनाईएको स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलसेनमा ब्याडमिण्टन प्रतियोगिता समेत आयोजना गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।

दिवसको अवसरमा बोल्दै प्रमुख ढुंगानाले सबै जनस्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीलाई गुणस्तरिय स्वास्थ्य सेवा दिन प्रेरित होस् भन्ने कामना गरेका छन् । सबै नागरिकले गुणस्तरिय सेवा पाउनुर्निेमा उनको जोड थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर, मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा लगायतको सहभागिता रहेको थियो ।

दक्ष जनशक्ती गुणस्तरिय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा भन्ने मुल नाराका देशभर बिभिन्न कार्यक्रम गरि स्वास्थ्य सेवा दिवस मनाईदैँछ । दिवसको अवसरमा बयालपाटा अस्पतालमा समेत कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।

नेपालमा २०५३ साल फाल्गुन १५ गते देखि स्वास्थ्य सेवा ऐन लागू भएको अवसरमा हरेक बर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउन शुरू गरिएको हो ।