मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ४ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सम्पन्न, ५३ जनाले लिए सेवा

अछामका ४ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सम्पन्न, ५३ जनाले लिए सेवा

३६ जना महिलाले मिनिल्याप र १७ पुरूषले भ्यासेक्टोमी सेवा लिए


अछाम : जिल्लाका बिभिन्न ५ स्थानमा परिवार नियोजन शिबिर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सम्पन्न भएको हो ।

४ स्थानमा भएको शिबिरमा जना महिलाले मिनिल्याप र जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । रामारोशनमा २ दिन र अन्य ठाँउमा १ दिन गरी ५ दिन शिबिर सञ्चालन गरिएको थियो ।

पञ्चदेवल बिनायकमा ४ जना महिलाको मिनिल्याप र ३ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ । मंगलसेनमा ५ महिलाको मिनिल्याप र १ पुरूष भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यस्तै रामारोशनमा २३ महिलाको मिनिल्याप र १२ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ भने मेल्लेखमा ४ महिलाको मिनिल्याप र १ जना पुरूषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

शिबिरबाट ३६ जना महिलाले मिनिल्याप सेवा र १७ पुरूषले भ्यासेक्टोमी सेवा गरि जम्मा ५३ जनाले सेवा लिएका अधिकृत ढुंगानाले बताए । परिवार नियोजन संघको सहयोगमा शिबिर फागुन ११ गते देखि १५ गते सम्म सञ्चालन भएको थियो ।