मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैद्यनाथधामको ईतिहासमै पहिलो पटक शिव गंगा आरती

बैद्यनाथधामको ईतिहासमै पहिलो पटक शिव गंगा आरती


अछाम : नेपालका चार धाम मध्येको एक बैद्यनाथ धाममा ईतिहासमै पहिलो पटक शिव गंगा आरती भइरहेको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १ मा अवस्थित बैद्यानाथ धाममा पहिलो पटक गंगा आरती भईरहेको हो ।

फागुन १० गते देखि २५ गते सम्म संचालन हुने कोटीहोमको अवसरमा बैद्यानाथ धाममा पहिलो पटक शिव गंगा आरती भइरहेको हो । यस भन्दा पहिले बैद्यानाथ धाममा शिव गंगा आरती नभएको कोटीहोम मुल आयोजक समितीका महासचिव देवराज उपाध्यायले बताए ।

१४४ बर्ष पछि सञ्चालन भईरहेको कोटीहोम महायज्ञको अवसरमा बैद्यनाथ धाममा शिव गंगा आरती गरिएको कोटीहोम मुल आयोजक समितीका संयोजक प्रतिनिधी सभा सदस्य माननिय शेर बहादुर कुँवरले बताए । यसघि नेपालका चार धाम मध्य पशुपति क्षेत्र र बराह क्षेत्र मा मात्र शिव गंगा आरती हुने गरेको थियो ।

संयोजक कुँवरका अनुसार बैद्यनाथ धाममा शिब गंगा महाआरती ईतिहासकै पहिलो पटक भएको बताए । यसअघि कुनैबेला पनि गंगा आरती नभएको भन्दै संयोजक कुँवरले बुढीगंगा बृद्धगंगाको छेउमा रहेको बैद्यनाध धाममा पहिलो पटक शिब आरती भईरहेको हो ।

यस्ता छन् कोटीहोमका दैनिक कार्यक्रम

बैद्यथान धाममा फागुन २५ गते शिबरात्री मेला सम्म सञ्चालन हुने कोटीहोममा दैनिक बिभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् । बिहान बिहान ५ बजे देखि राती १० बजे सम्म बिभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम भईरहेका हुन् ।

बिहान ४ बजेर ३० मिनेट देखि ५:३० सम्म सामुहिक सन्ध्याबन्धन, ध्यान, यागोभ्यास, ६ बजे देखि देवपुजन र मन्त्रजप, ७ बजे देखि हवन, पाठपाराण, १२:३० देखि ३ बजे सम्म फेरी हवन, दिउसो १ बजे देखि ५ बजे सम्म शिवमहापुराण तथा श्रीमद्भागवतमा आधारित प्रवचन, गूरुजन, सन्त महन्त, विद्धान तथा विदुषी आदिवाट प्रवचन तथा आर्शीवचन भईरहको छन् ।

यस्तै ६:३० बजे देखि ८ बजेसम्म शिब गंगा महाआरती र ७ बजे देखि १० बजेसम्म भजन, किर्तन, झाँकी तथा नृत्य प्रर्दशनका कार्यक्रम भईहरेका छन् । यस्तै कार्यक्रमका बिचमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गर्ने गरिएको कोटीहोम मुल आयोजक समितिका उपाध्यक्ष कुल बहादुर कुँवरले बताए ।

फागुन २४ गते बिहान ५ बजे देखि मदनबाबा भक्ती केन्द्रद्धारा महाआरती सञ्चालन हुनेछ भने २५ गते शिवरात्री मेला समेत परेका कारण शिबरात्रीका कार्यक्रम सहित कोटीहोमको समापन समेत गरिने आयोजकले जनाएको छ । कोटीहोमको यहि फागुन १० गते राष्टपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।