मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैद्यनाथ कोटीहोममा हालसम्म १ करोड बढी संकलन र ६४ लाख खर्च

बैद्यनाथ कोटीहोममा हालसम्म १ करोड बढी संकलन र ६४ लाख खर्च


अछाम : नेपालका चार धाम मध्ये सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको बैद्यनाथ धाममा कोटीहोम सञ्चालन भईरहेको छ । १४४ बर्ष पछि लागेको कोटीहोममा आर्थिक संकलन हुने क्रम जारी रहेको छ भने खर्च समेत त्यहि प्रकारले भईरहेको आयोजकले जनाएको छ ।

करिब २ करोड अािर्थक संकलनको लक्ष्य लिईएको कोटीहोममा हाल सम्म १ करोड १५ लाख बराबर संकलन भएको छ भने ६४ लाख खर्च भईसकेको कोटीहोम मुल आयोजक समितीका संयोजक प्रतिनिधी सभा सदस्य पूर्वमन्त्री माननिय शेर बहादुर कुँवरले बताए ।

संयोजक कुँवरका अनुसार आर्थिक संकलन हुने क्रम जारी रहेको छ । अछामका स्थानिय पालिका बाट ३४ लाख आउन बाँकी रहेको उनले बताए । काठमाण्डौँबाट संकलन भएको पैसा समेत आउने क्रममा रहेको र बैँकहरुबाट समेत पैसा आउने बताईएको छ ।