मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा ‘अछाम साहित्य उत्सव’ सम्पन्न, अछामी साहित्यमा ईटा थप्न सफल भएको सहभागीको भनाई

मेल्लेखमा ‘अछाम साहित्य उत्सव’ सम्पन्न, अछामी साहित्यमा ईटा थप्न सफल भएको सहभागीको भनाई


अछाम : जिल्लाको मेल्लेख गाँउपालिकामा अछाम साहित्य उत्सव २०८० सम्पन्न भएको छ । फागुन १८ र १९ गते गरी २ दिन सम्म चलेको साहित्य उत्सव सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । अछाम गजल मञ्चको आयोजना भएको साहित्य उत्सवमा २ दिन बिभिन्न गजल, मुक्तक, कविता बाचन संगै गजल लेखन प्रशिक्षण समेत भएका थिए ।

पहिलो दिन बिमकोटको महिमा काव्यिक यात्रा, संस्कार बचाउन अभियान सम्बन्धी जनक साँउद र राम साँउदको नाटक, साँफेबगर नगरपालिकाका नगर उपप्रमुख र बान्नीगढी जयगढ गाँउपालिकाका उपाध्यक्ष संग न्यायका कुरामा बहस, कवि पिंकी बोहराको एकल कविता बाचन, विकासका लागि रैथाने ज्ञान सपि प्रविधिका बिषयमा रावल कृष्ण संग बहस तथा गजलकार नविन चिराग, कुश्मा भट्ट र खेम बगरसंग गजल साँझ भएको थियो ।

यस्तै दोश्रो दिनमा गलज साहित्यकार तपेन्द्र घोडासैनीद्धारा गजल लेखन प्रशिक्षण, बिभिन्न साहित्य तथा गजलकारका रचना वाचन, मुक्तककार सन्तोष अम्गाईं संग मुक्तक र गफ, मेल्लेख गाँउपालिका उपाध्यक्ष नृप खड्का र तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बीसी संग संस्कृति संरक्षणमा स्थानीय सरकारको उत्तरदायित्व बिषयमा छलफल, कमल संर्घषको खुडी बिमोचन र गजल वाचन, मिन बहादुर कुँवर, बिरेन्द्र खड्का र बालाराम उपाध्याय संग स्थानीय भाषाको प्रयोगका बिषयमा छलफल, कविहरु मनोज बिवश र कमलराज केसीको काव्य रसपान भएको थियो ।

भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि अछाम साहित्य उत्सव नारा दिएको कार्यक्रमको उद्घाटनमा मेल्लेख गाँउपालिकाका अध्यक्ष ज्वाला सिंह साँउद र समापनमा तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बीसी प्रमुख अथिति रहेका थिए । साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोज, मेल्लेख गाँउपालिका उपाध्यक्ष नृप बहादुर खड्का र बान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष बिन्दु रावल बिशिष्ट अतिथि रहेका थिए ।

उनिहरु संगै कार्यक्रममा सहभागी अन्य अथितिले अछाम गजल मञ्चले गरेको कामको खुलेर प्रशंसा गर्दै साहित्य संरक्षणमा आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आ आफ्नो पालिकामा यस्ता खालका कार्यक्रममा सहकार्य गर्न तयार रहेको उनिहरुको भनाई थियो । गजल मञ्चले लिएको उद्देश्य पुरा गर्न कार्यक्रमले अछामको साहित्यमा ईटा थप्ने काम गरेको सहभागी अथिति र साहित्यकारहरुको भनाई थियो । यस प्रकारका कार्यक्रम बेला बखतमा जिल्लामा भईराख्नुपर्नेमा सहभागीको जोड थियो । साथै कार्यक्रमले जिल्लाको पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्नेमा सहभागीको बिश्वास थियो ।

मेल्लेख गाँउपालिकाको सहयोग रहेको साहित्य उत्सवको मुख्य प्रर्बद्धकमा प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिम प्रदेश रहेको थियो भने सुदूरआज डट्कम, रेडियो जनप्रिय, खप्तड न्यूज र नेश्नल लाईफ ईन्स्योरेन्स कम्पनी नन्देगडा उपशाखाको सहकार्य रहेको थियो ।

अछाम गजल मञ्चका अध्यक्ष भिम सरोवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र अथकले गरेका थिए । कार्यक्रममा सहभागी अथिति र स्रष्टालाई मेल्लेखको औधोगिक ग्राममा उत्पादन भएको झोला मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।