मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्ध बान्नीगढी बनाउन सबै संग हातेमालो गर्न तयार छौ : अध्यक्ष साँउद

समृद्ध बान्नीगढी बनाउन सबै संग हातेमालो गर्न तयार छौ : अध्यक्ष साँउद

विकास निर्माण र समाज परिर्वतनका लागि पक्ष बिपक्ष नभनि सबै एकजुट हुनुपर्नेमा उपाध्यक्ष रावलको जोड


“आफु निर्वाचित भएर आएपछि पालिकामा थुप्रै काम भएको दाबी गर्दै साँउदले भने अधुरा काम पुरा गर्न क्रियाशील छु”

अछाम : बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष टेक बहादुर साँउदले पालिकामा आफु कानुनको दुरुपयोग पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका छन् । जनप्रतिनिधी स्थायी नहुने भन्दै अध्यक्ष साँउदले आफु कानुनको परिधि भित्र रहेर काम गर्ने बताए ।

बान्नीगढी जयगढ गाँउपालिकाको आयोजनामा भएको पालिका स्तरिय सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साँउदले आजका प्रश्नकर्ता भोलीको उत्तरदाता पनि हुन सक्ने भएकाले आफु सबै संग सहकार्य र हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताएका हुन् ।

आफु अध्यक्ष निर्वाचित भएर आईसकेपछि जयगढ बजारमा लामो समय देखि थुप्रि रहेको फोहोरलाई डम्पिंक साईड निर्माण गरि व्यावस्थापन गरेको बताए । जगयढ बजारमा समस्याका रुपमा रहेको खानीपानीको समाधान पनि आफ्नै कार्यकालमा भएको र अहिले पानीको कुनै समस्या नभएको उल्लेख गरे । सरकारी दररेटमा जग्गा खरिद गरि पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको कार्य समेत आफ्नै पालामा सुरु भएको अध्यक्ष साँउदको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष साँउदले पर्यटनको प्रर्बद्धनको लागि पालिकाले पर्यटकिय क्षेत्र, मठ मन्दिरका क्षेत्रमा बजेट बिनियोजित गरि काम अघि बढाएको बताए । जगयढमा भुउपयोग निति लागु नहुदाँ जग्गा वर्गिकरणको काम लामो समय देखि नभएको अवस्थामा आफुले पहल गरी कृषी क्षेत्र रहेको जगयढ बजारलाई आवासिय र व्यावसायिक क्षेत्रका रुपमा परिणत गरेको अध्यक्ष साँउदले बताए ।

पालिकाका बिभिन्न ठाँउका सड्क नियमित सुचारुमा रहेको भन्दै अध्यक्ष साँउदले बिग्रे भत्केको खण्डमा एक हप्ता भित्र सुचारु हुने गरि काम गररहेको उनले बताए । स्वाथ्य चौकी, बर्थिगं सेन्टर, पालिका बिभिन्न बिद्यालय सुधारका लागि क्रमश बजेट बिनियोजित गरेर काम भईरहेको र बाँकी रहेका ठाँउमा समेत काम अघि बढाउने अध्यक्ष साँउदको प्रतिबद्धता थियो ।

बान्नीगढी जयगढ गाँउपालिका कोही प्रतिपक्ष नभई सबै सत्तापक्ष भएको हुदाँ सहकार्य र समन्वय गर्दै समृद्ध गाँउपालिका निर्माणमा लाग्नुपर्नेमा अध्यक्ष साँउदको जोड थियो । गाँउको विकास र परिर्वतनका लागि सबै संग सहकार्य गरि अघि बढ्न आफु सधै तयार रहेको र यसमा सबै सकरात्मक हुनुपर्ने समेत उनले बताए । केही काम अधुरा रहेको भन्दै अध्यक्ष साँउदले अन्तरक्रियामा आएका सुझावलाई ग्रहण गर्दै बाँकि काम पुरा गर्ने गरि अघि बढ्ने तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

बान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष बिन्दु रावलले अन्रतक्रिया कार्यक्रममा आएका सुझाब मेरुदण्डका रुपमा ग्रहण गरेको बताईन् । आफ्नो पद ५ बर्षका लागि मात्रै भएको भन्दै उपाध्यक्ष रावलले सो कुरामा आफु सधैँ सचेत रहेर काम गरिरहेको बताईएकी हुन् ।

विकास निर्माण र समाज परिर्वतनका लागि पक्ष बिपक्ष नभनि सबै साझेदार हुनुपर्नेमा उपाध्यक्ष रावलको जोड थियो । पानीको पाईप टुटे, सड्कमा ढुंगा देखे पनि पालिकाका अध्यक्ष उपाध्यक्षलाई गालि गर्ने गरेको गुनासो गर्दै उपाध्यक्ष रावलले हरेक नागरिक सकरात्मक हुनुपर्ने बताईन् । हरेक नागरिकले आफ्नो कतव्र्य बोध गरे मात्र सबै क्षेत्रको सुधार र परिर्वतन हुने उनको भनाई थियो ।

अन्तरक्रियाको क्रममा आएका प्रश्नको जवाफ दिदैँ उपाध्यक्ष रावलले शिक्षा क्षेत्रको सुधारका लागि सबै पालिकाबासीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउन सुरु गर्नुपर्ने अनि मात्र शिक्षामा सुधार आउने उनले बताईन् । अन्तरक्रिया कार्यक्रममा धेरै राम्रा सुझाव आएको भन्दै उपाध्यक्ष रावलले जसले गर्दा आगामी दिनमा बजेट निर्माणको क्रममा सहजता पुग्ने बताईन् । सबै क्षेत्रको सुझाव ग्रहण गर्न आफु सधै तयार रहेको उपाध्यक्ष रावलको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानिय राजनितिक दलका प्रमुख प्रतिनिधी, समाजसेवी, बिव्यास अध्यक्ष, प्रधानाध्यापक र सहभागीहरु सबैले पालिकाले गरेका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सुशासन, बजेट, खरिद प्रक्रिया लगायतका गतिविधीका बारेमा जिज्ञाशा तथा सुझाब राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष नवराज साउद, ४ अध्यक्ष किरण खत्री, नेपाली कांग्रेसका गाँउ कार्य समिती सभापती कर्ण बहादुर ठकुल्ला, एमालेका हर्क बहादुर साँउद, माओवादी केन्द्रका ज्योति साँउद, नेकपा एसका सुन्दर ठकुल्ला, नेकपा बिप्लवका तिलक बिष्ट, नेकपा क्रान्तिकारीका शिवराज बजगाँई, समाजसेवी तिलक खत्रीले सुझाव सहित मन्तव्य राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्यक्ष सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर रावल कार्यक्रमको उदेश्य सहति सहभागीका जिज्ञाशाको जवाफ, लेखा अधिकृत नारद खनाल र बिषयगत शाखा प्रमुखहरुले सहभागीहरुका जिज्ञासाहरुको जवाफ दिएका थिए । अन्तरक्रिया कार्यक्रममा पालिकाका प्रवक्ता मोहललाल ताम्राकारले स्वागत मन्तव्य र सञ्चालन पालिकाका दिपेन्द्र साँउदले गरेका थिए