मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढको ११ औँ गाँउसभा सम्पन्न, १ करोड ७९ लाख ७१ हजार ८ सय ४६ बराबरको बजेट पास

बान्नीगढी जयगढको ११ औँ गाँउसभा सम्पन्न, १ करोड ७९ लाख ७१ हजार ८ सय ४६ बराबरको बजेट पास


अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाको हिउदे अधिबेशनको ११ औँ गाँउ सभा सम्पन्न भएको छ । गाँउसभाले चालु र पूजिगत तर्फ गरी जम्मा १ करोड ७९ लाख ७१ हजार ८ सय ४६ रकम बरबारको अनुमाति बजेट पास गरेको छ ।

जसमा चालु तर्फ ६८ लाख ९६ हजा ७ सय ३१ रुपयाँ ८८ पैसा र पूजिगत तर्फ १ करोड १० लाख ७५ हजार १ सय १४ रुपयाँ १२ पैसा रहेको छ । गाँउसभाले गर्त बर्ष सञ्चितमा रहेको ४० लाख ३६ हजार ७ सय ३१ रुपयाँ ८८ पैसा समेत यस बर्ष खर्च गर्ने गरि पास गरेको गाँउपालिका अध्यक्ष टेक बहादुर साँउदले बताए ।

गाँउपालिका कोल्ड स्टोरको लागि ४० लाख, सरस्वती मन्दिरका लागि २० लाख, सेवा तथा परार्मश (डिपिआर) तर्फ २० लाख, गत बर्षको बिनियोजित रकम २५ लाख, शिक्षा शाखामा १३ लाख ६० हजार, अध्यक्ष युवा स्वरोजगार कार्यक्रममा १४ लाख ७५ हजार १ सय १४ रुपयाँ १२ पैसा घरको मुल्यांकन ३ लाख र जसुखान सिचाँई योजनामा ३ लाख गरी बजेट शिर्षक निर्धारण गरेको छ ।

गाँउपालिकाका उपाध्यक्ष बिन्दु रावलले बिभिन्न ३२ वटा योजना तथा कार्यक्रमहरु गाँउ सभामा प्रस्तुत गरेकि थिईन् । उक्त कार्यक्रमहरु सर्बसम्मत रुपमा पारित भएका गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर रावलले जानकारी दिए ।

गाँउ सभाले बिभिन्न १९ वटा शिर्षकको बजेटलाई समेत रकमान्तर गरि पारित गरेको छ । कायम रहेको शिर्षकमा खर्च नभएको बजेटलाई अर्को शिर्षकमा खर्च हुने गरि बजेट रकमान्तर गरिएको लेखा अधिकृत नारद खनालले बताए ।

वडा सदस्यहरुको भत्ताका बिषयमा कार्यपालिकाका केही सदस्यहरुले गाँउसभाबाट कार्यबिधि नबाईनुपर्ने माग राखेका थिए । गाउँसभा सदस्यको जिज्ञाशाको जवाफ दिदेँ लेखापाल अर्जुन जोशीले संघिय सरकार र प्रदेश सरकारमा समेत स्पष्ट नियम तथा कार्यबिधि नुहदाँ गत बर्षमो लेखा परिक्षणमा महालेखाले बेरुजू राखेका कारण कार्यबिधि बनाईएको बताएका थिए ।

१९ वटा रकमान्तर भएका शिर्षकहरुको बजेट २४ लाख ६६ हजार ४ सय ९० रहेको छ । गाँउपालिका अध्यक्ष टेक बहादुर साँउदको सभाध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष, वडाध्यक्ष सहित गाँउसभा सदस्य तथा पालिकाका कर्मचारीहरुको सहभागीता रहेको सुचना अधिकारी तिलक ठकुल्लाले जानकारी दिए ।

गाँउसभाको रेडियो बान्नीगढी र सुदूरआज डट्कमले प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।