मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशु तथा कृषि विकासका धेरै कार्यक्रम पालिकाकै विकट क्षेत्र कालेकाँडा केन्द्रित छन् : नगरप्रमुख चलाउने 

पशु तथा कृषि विकासका धेरै कार्यक्रम पालिकाकै विकट क्षेत्र कालेकाँडा केन्द्रित छन् : नगरप्रमुख चलाउने 

बाख्रा पालन सम्बन्धी तीन दिने तालिम कालेकाँडामा सुरु


अछाम : बाख्रा पालन सम्बन्धी तीन दिने तालिम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडामा सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत वृहत् एवम् विशेष उत्पादन कार्यक्रम अन्तर्गत व्यवसायीक  बाख्रा पालन सम्बन्धी ३ दिने तालिम कालेकाँडाकाे चिल्ताडामा सुरु भएको हो । 

तालिमको उद्घाटन गर्दै नगरप्रमुख अम्बिका चलाउनेले कृषकहरूले व्यवसायीक बनी आत्मनिर्भर बन्न जोड दिइन् । 

व्यवसायीक तथा सिपमूलक कार्यक्रम लिइसकेपछि त्यसको सही रूपमा कार्यान्वयन गरी मनग्य फाइदा लिन पनि उनले सम्पूर्ण कृषकहरू लाई आग्रह गरिन् । 

कृषि तथा पशु सम्बन्धीका सम्पूर्ण कार्यक्रमहरू पालिकाकै विकट क्षेत्र कालेकाँडामा केन्द्रित गरेको समेत उनले जानकारी गराइन् ।

बाख्रा पालन गर्न चाहने र बाख्रा पालन गरिरहेका कृषक छनोट गरी तालिम दिन सुरु गरिएको हो।

बाख्रा पालन सम्बन्धी तालिममा कृषकलाई बाख्रापालनकाे महत्त्व बाख्राका जातहरू ,खोर बनाउने तरिका ,बाख्राको प्रजनन व्यवस्थापन ,बाख्राको आहारा व्यवस्थापन ,बाख्राको स्वास्थ्य व्यवस्थापन सम्बन्धी कृषकलाई तालिम दिइने पशु सेवा शाखा संयोजक प्रेम जैसीले जानकारी दिए ।

तालिमको उद्घाटन कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष राम प्रसाद जैसी,स्वास्थ्य शाखा संयोजक जनक बुढा,कृषि विकास अधिकृत भरत साउँद, पशु सेवा शाखा संयोजक प्रेम जैसी लगायतको सहभागिता रहेको थियो ।