मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व स्वास्थ्य दिवसको अवसरमा बयालपाटा अस्पतालमा सरसफाई

बिश्व स्वास्थ्य दिवसको अवसरमा बयालपाटा अस्पतालमा सरसफाई


अछाम ः बिश्व स्वास्थ्य दिवसको अवसरमा बयलापाटा अस्पतालमा सरसफाई गरिएको छ । ७६ औँ बिश्व स्वास्थ्य सेवाको अवसरमा बयालपाटा अस्पताल परिसर सरसफाई गरिएको बयालपाटा अस्पतालले जनाएको छ । दिवसको अवसरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अस्पताल परिसर सरसफाई गरेका हुन् । 

बयालपाटा अस्पतालले बिगत १६ बर्ष देखि अछाम सहित सुदूर ता कर्णालीका नागरिकलाई निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । 

मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नारा रहेको यस बर्षको विश्व स्वास्थ्य दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदैछ । हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस हो । सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठन को स्थापना भएको दिन र विश्वभरका मानिसहरूले सामना गरिरहेका महत्त्वपूर्ण स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउन यो दिवस मनाइन्छ।

सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।