मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट अस्पतालमा निशुल्क हाडजोर्नी शिबिर सुरु

जाजरकोट अस्पतालमा निशुल्क हाडजोर्नी शिबिर सुरु

आर्थिक अभावमा उपचार नपाएका बिरामीलाई ठुलो राहत हुने सरोकारवालाको बिश्वास


जाजरकोट ः जाजरकोट जिल्ला अस्पतालमा निशुल्क हाडजोर्नी शिबिर सुरु भएको छ । बुधबार एक औपचारिक कार्यक्रम गरेर शिबिर सुरु भएको हो । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा भएको शिबिर उद्दघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री प्रमुख अथिति रहेका थिए । प्रमुख अथिति खत्रीले शिबिरले यस क्षेत्रका जनतलाई ठुलो राहत हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले शिबिरले यस क्षेत्रमा पैसाको अभावमा उपचार हुन नपाएका हाडजोर्नीका बिरामीलाई मलहम पट्टी लगाउने काम हुने बताए । शिबिरको सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समन्वय तथा सहजिकरण गर्न प्रहरी प्रशासनका साथै समग्र जिल्ला नैर तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख चन्द्र प्रकाश घर्तीले २ महिना पहिले देखि नै न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल संग समन्वय भएर शिबिर सुरु भएको र यसले यस नगरका मात्र नभई जिल्ला भरीका नागरिकलाई ठुलो राहत हुने बताए । साथै उनले शिबिरको लागि आवश्यक समन्वय सहजिकरण तथा सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।

जिल्ला समन्वयप प्रमुख र प्रमुख जिल्ला अधिकारीले बिरामीलाई पुर्जा दिएर शिबिर सुरु भएको घोषणा गरेका थिए भने उद्घाटन कार्यक्रममा शिबिरको उद्देश्यका बारेमा बयालपाटा अस्पतालमा मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले जानकारी गराएका थिए । उद्दघाटन कार्यक्रमको सञ्चालन भेरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपक वलिले गरेका थिए ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल अछामको आयोजना तथा भेरी नगरपालिका र जाजरकोट स्वास्थ्य सेवा कार्यालयको समन्वयमा सुरु भएको शिबिरमा गिभ टु एसिया अष्टेलियाको आर्थिक सहयोग रहेको छ । शिबिर १८ गते सम्म सञ्चालन हुने छ ।