मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा ‘निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर’ हुने

न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा ‘निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर’ हुने


अछाम : कर्णाली प्रदेशको जाजरकोटमा निशुल्क हाडजोर्नी सम्बन्धि स्वास्थ्य शिबिर हुने भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिबिर हुन लागेको हो ।

निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर यहि जेठ १६ गते देखि १८ गते सम्म ३ दिन चल्ने न्याय हेल्थ नेपाललले जनाएको छ । शिबिरमा बयालपाटा अस्पताल अछाममा कार्यरत बिशेषज्ञ अर्थोपेडिक सर्जन डा. मन्दिप पाठक, ह्याम्स अस्पताल काठमाण्डौँमा कार्यरत बिशेषज्ञ डा. भाष्कर राज पन्त र अर्थोपेडिक डा. रुपेश केसी लगायतको टिमले शिबिरमा उपचार सेवा दिने भएको छ ।

खासगरी भुकम्पबाट घाईते भएका र अन्य चोटपटक समेत बाट घाईते भएका हाडजोर्नी सम्बन्धीका बिरामीका लागि सहज होस् भनेर निशुल्क स्वास्थ्य शिबिर हुन लागेको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए । हातखुट्टा भाँचिएका, टुटेकाहरुको शल्यक्रिया, रड लिकाल्ने तथा राख्ने र हड्डीमा संक्रामण भएको शिबिरमा उपचार गरिने उनले बताए ।

यसका साथै मानसिक रुपमा अस्वस्थ्य भएकाहरुलाई पनि मनोसामाजिक परार्मशदाताबाट परार्मश सहितको समेत शिविरमा उपचार गरिने डा. पाठकको भनाई छ । जाजरकोट जिल्लाका बिभिन्न ठाँउका नागरिकलाई जाजरकोट अस्पतालमा आएर सेवा लिन भेरी नगरपालिकाले आग्रह गरेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक ओलीले बताए ।

जाजरकोट स्थित भेरी नगरपालिका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोट संगको समन्वय सहकार्य एवंम गिभ टु एसिया अष्टेलियाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो । शिविरमा बयालपाटा अस्पतालमा १५ जना र जाजरकोट अस्पतालमा १२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सेवा दिने भएका हुन् ।