मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोलुङ्गे पुल चुँडिँदा फसेका खच्चडको उद्दार गरिदै

झोलुङ्गे पुल चुँडिँदा फसेका खच्चडको उद्दार गरिदै


अछाम । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । स्थानीय भरत साउदका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।

पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको साउदले जानकारी दिए । ‘अहिलेसम्म ५ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’

जीर्ण भएको पुलमा अछामबाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिनुभयो । नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्राेत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले बताइन ।

उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको चलाउनेले जानकारी दिनुभयो । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।