अछाम : जिल्लाको रामारोशन गाँउपालिकाका बिद्यालयको शैक्षिक गुणास्तर सुधार गर्न रामारोशन शैक्षिक रुपान्तरण अभिायन २०८१ थालनी भएको छ । सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर सुधार्न, भबिष्यमा सबै क्षेत्रमा प्रतिष्पर्धा गर्ने गरी बिद्यार्थी उत्पादन गर्न शैक्षिक रुपान्तरण अभियानको थालनि गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए ।
अधिकृत भण्डारीकै पहत तथा नेतृत्वमा गाँपालिकामा रहेका सबै सामुदायिक बिद्यालयमा अध्ययन गरिरहेका करिब १० हजार बिद्यार्थीको भबिष्यलाई मध्यनजर गर्दै यो अभियानको थालनी गरिएको हो । सामुदायिक बिद्यालयको गुणस्तर कम्जोर भयो, त्यहाँबाट उत्पादन भएका बिद्यार्थीहरु बजारमा बिक्न सकेनन्, रोजगारी पाउन सकेनन्, स्नातक पास गरेर पनि भारतमै जानुपर्ने बाध्यता देखेर आफुले यस अभियानको सुरुवात गर्न पहल कदमी लिएको अधिकृत भण्डारीले बताए ।
रामारोशनमा शिक्षाको वर्तमान स्थितीलाई चिर्नको लागि कार्यपालिकाले रामारोशन शैक्षिक रुपान्तरण अभियान सञ्चालन कार्यबिधी २०८१ पारित गरेर लागु गरिएको उनको भनाई छ ।
अभियानको पहिलो चरण : बिद्यालयसंग सम्झौता
शैक्षिक रुपान्तरण अभियानको पहिलो चरण अन्तर्गत पालिका भरीका करिब ४६ वटा बिद्यालयका बिव्यास अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षहरुको भेला गरेर सम्झौता नै गरिएको छ । सामुदायिक बिद्यालयको सिकाई बृद्धी, जनप्रतिनिधी तथा सरोकारवालाई जिम्मेवार बनाई बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को अधिकार प्रयोग गरि कार्यबिधि बनाएको अधिकृत भण्डारीले जानकारी दिए ।
कार्यबिधीले परिकल्पना गरेको अनुसुचीका रुपमा रहेका बुदामा टेकेर पालिका अध्यक्ष र प्रधानाध्यापक बिच सम्झौता गरिएको छ । सम्झौता अनुसार बिद्यालयको लागि आवश्यक पर्ने आधारभुतको कुराको ग्यारेण्टी राज्यले गर्ने, शैक्षिक र भौतिक व्यावस्थापन नमुनाको रुपमा प्रधानाध्यापकले अगाडी बढाउने बुदाहरु समेटिएका छन् ।
बिद्यालयका प्रधानाध्यापक र शिक्षक बिच पनि सम्झौता गरिएको छ, जसमा शैक्षणिक गतिबिधी सञ्चालन गर्नका लागि कक्षाकोठामा आवश्यक पर्ने न्युनतम कुराको सुनिश्चिता प्रधानाध्यापकने गनुपर्ने छ भने आफुले पढाएको कुराको ग्यारेण्टी शिक्षकले गर्नुपर्ने छ ।
अर्को सम्झौता बाल विकास सहजकर्ता संग समेत गरिएको छ । सहजकर्ताले बालबालिकालाई बर्षभरी पढाईसकेपछि त्यस अवधिमा बालबालिकाले सिकेको कुराको सुनिश्चितता बाल विकास सहजकर्ताले गर्नेगरी सम्झौता भएको छ । उक्त सम्झौताहरु निरन्तर अनुगमन गरिने छ भने गलत गर्नेलाई दण्डित र राम्रो गर्नेलाई पुस्कृत गर्ने गरी सो को कार्यान्वयनलाई बाध्यकारी हुने कार्यबिधी बनाईएको छ ।
शैक्षिक रुपान्तरणको सुन्दर पक्ष : हरेक दिन तिन/तिन
रामारोशन शैक्षिक रुपान्तरण अभियानले अर्को एक फरक क्रियाकलापलाई समेत कार्यबिधीमा समेटेको छ । पालिकाका सबै सामुदायिक बिद्यालयमा हरेक शिक्षकले आफ्नो कक्षा पढाईसकेपछि ८ बिषयको गृहकार्य संगै हरेक दिन ३ वटा थप ज्ञानको कुराहरुलाई समेत सिकाईमा समाबेश गर्नुपर्नेछ ।
सो कुराको अभिलेखिकरण शिक्षकले समेत गर्ने त्यसको निरन्तर अभ्यास ३६५ दिनसम्मै गर्नुपर्नेछ । जसले बर्षभरीमा एक बिद्यार्थीले बिद्यालयको सिकाईका अलवा ४८ सय फरक कुरा सिक्ने अपेक्षा गरिएको छ । जसले बिद्यार्थीको सामान्य ज्ञान संगै अन्य ज्ञानको दायरा बढाउनेछ ।
शैक्षिक रुपान्तरण अभिायन कार्यान्वयन कसरी हुन्छ ?
रामारोशनको समग्र शिक्षा सुधार्ने प्रयासका लागि थालनि गरिएको रामारोशन शैक्षिक रुपमान्तरण अभियान २०८१ को कार्यान्वयको पक्षलाई समेत कडाईका साथ पालना गराउन लगाईने अधिकृत भण्डारीको प्रतिबद्धता छ । कार्यान्वयनका लागि सम्बन्ति सबै पक्षलाई जिम्मेवार बनाईनेछ ।
पहिलो चरणमा सबै बिद्यालयसंग सम्झौता गरेर अभिायनको सुभारम्भ गरिएको छ । दोश्रो चरणमा वडा स्तरिय शैक्षिक रुपान्तरण जागरण भेला गर्न लागिएको छ । सो अभियान अन्तर्गत ४ वटा वडा वडा नं. ४, ५, २, ७ मा भेला सकिएको छ भने बाँकी वडामा भेला गरिनेछ ।
वडा अन्तर्गतका सबै बिद्यार्थी, शिक्षक र अभिभावकहरुलाई एकै ठाँउमा राखेर रामारोशन शैक्षिक रुपान्तरण अभियानको उद्देश्यका बिषयमा छलफल गरिएको छ । भेलामा सामुदायिक बिद्यालयको स्थिती, अभियानको उद्देश्य, शिक्षाको अवस्था र अब बिद्यार्थीले पढेरै बिक्री हुने शिक्षा कसरी दिन सकिन्छ भनेर गम्भिर रुपमा छलफल गरेर बुझाउने काम भईरहेको छ ।
जसको प्रभावबाट बिद्यार्थीको नियमितता, अभिभावकले नियमित रुपमा आफ्ना बालबालीकालाई बिद्यालय पठाउने, पढाईमा सुधार र नतिजा समेत राम्रो आउने अपेक्षा भेलाबाट गरिएको छ । बिद्यालयमा शिक्षकले बर्षभरी मेहनत गरेर बिद्यार्थी पास गराउने गरेर शिक्षण गर्नुहुन्छ अधिकृत भण्डारीले भने बिद्यालयमा चिटिगंको अन्त्य गरी परिक्षामा पनि कडाई गरिने निति लिईएको छ ।
अभियानको अन्तिम चरणमा बिशुद्ध मुल्यांकन र अनुगमन
सम्झौता अनुसार बिद्यालययमा काम भएको छ छैन, हरेक दिन ३/३ भनेको कुरा कार्यान्वयन भएको छ छैन त्यसको अनुगमनको एकिनका साथै बिद्यार्थीहरुको मुल्यांकन समेत गरिनेछ अधिकृत भण्डारीले भने सम्झोता बिपरित कही कतै भएको छ भने सचेत गराउनुका साथै स्पष्टिकरण लिईनेछ ।
अभियानको निरन्तरता – बिद्यालय रहुञ्जेल अभियान रहन्छ, यसमा कत्तिपनि बिचिलत हुदैनौँ : भण्डारी
पालिकाका प्रमुख प्रशासकीय अधिकतृ भण्डारीका अनुसार यो पालिकाको शिक्षाको गुणस्तर सुधार्ने दिर्घकालिन अभिायन हो, बिद्यालय रहुञ्जेल यो चलिरहन्छ । रामारोशन गाँउपालिका सामुदायिक शिक्षाको गुणस्तरका हिसाबले देशकै नमुना नबन्दा सम्म अभियान चलिराख्छ, हामी यसमा थाक्दैनौ र कत्ति पनि बिचलित हुदैनौँ अधिकृत भण्डारीले भने ।
बालबालिकाको भबिष्य बनाउने कुरामा कसैको नाई नास्ती हुदैन, यसमा सबैको साथ रहने अपेक्षा अधिकतृ भण्डारीले गरेका छन् । यो अभिायन सुरु भएपछि बिद्यालयमा मन छुने गरी बुझाउन सक्नुपर्छ । सामुदयाकि बिद्यालय प्रति रामारोशनमा मात्रै होईन देशैभर भरोसा छैन, त्यसलाई चिर्न यो अभियान कोषेढुंगा सावित हुने सरोकारवालाको बुझाई रहेको रामारोशन स्थानिय तथा राजनितिक दलका नेता पूर्ण बहादुर बिकले बताए ।
अभियान सुरु भएपछि म पनि गएको छु नेता बिकले भने जुन जुन बिद्यालय र वडामा हामी गयौँ त्यसपछि बिद्यार्थीको उपस्थिती र नियमित दर बढेको छ । अभिायनको निरन्तरताका लागि सबै साथ, सहयोग र प्रतिबद्धता रहेको छ उनले भने ।
रामारोशनको शैक्षिक सुधारमा लागि परेका अधिकृत भण्डारी
रामारोशन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी पालिकाबासी हुन् । प्रमुख प्रशासकीय अधिकृत भएपश्चात उनी ९ महिना पालिका बाहिर बसेपनि बाँकी समेत आफ्नै पालिकामा छन् ।
रामारोशन फर्किसकेपछि अधिकृत भण्डारीले यस अभियानमा आफै निरन्तर खटिएका छन् भने संगै पालिका अध्यक्ष मान बहादुर साँउद सहित अन्य जन प्रतिनिधीलाई समेत जिम्मेवार बनाउन भूमिका खेलेका छन् । आफै बिद्यालयमा गएर शैक्षणिक बिधि समेत प्रर्दशन गरिरहेका छन् । उनको शैक्षिणिक कला बिद्यार्थीले समेत मन पराएका छन् ।
रामारोशन शैक्षिक रुपान्तरण अभियान थालिनीका प्रमुख व्यक्ती अधिकृत भण्डारी दाबी गर्छन की सम्भवत् नेपालकै दोश्रो ठाँउमा यो अभियानको थालनि भएको छ । यस्तै खालको अभियान कालिकोट जिल्लाको पँचाल झरना गाँउपालिकामा आफुले नै सुरुवात गरेको पँचाल झरना शैक्षिक सुरधार अभियान २०८० कार्यबिधी पारित गरेर निरन्तर चलिरहेको र दोश्रो पटक रामारोशनमा सुरु भएको अधिकृत भण्डारीको दाबी छ ।
स्थानियबासी भएकाले पनि राम्रो काम गरेर जाऔँ भन्ने छ अधिकृत भण्डारी भन्छन्, अभियानलाई संस्कारको रुपमा अगाडी बढाउने सोच छ । आफु अभियानकर्ता भएपनि यसको निरन्तरताको पक्षलाई बलियो पार्न शिक्षा शाखाका प्रमुख व्यक्तीलाई सम्पर्क व्यक्ती बनाईएको छ अधिकृत भण्डारी भन्छन् यसले निरन्तरता पाउनेमा ढुक्क छु । शिक्षा शाखा प्रमुख सहित कर्मचारीहरुको क्षमताको विकासमा समेत आफुले सहयोग गरिरहेको उनको भनाई छ ।
७/८ बर्ष पछि यसले नतिजा दिन सक्ने गरि अभियानको थालनि गरेका छौँ अधिकृत भण्डारीले भने पछि यो चुनावी ऐजेण्डा समेत बन्न सक्नेछ । शिक्षा शाखा प्रमुखलाई जिम्मेवार बनाई नेतृत्व गर्न सक्ने गरी एक सरकारबाट अर्को सरकारलाई हस्तान्तरण गर्न सक्ने क्षमता विकास गरेर अघ बढ्ने योजना हरको उनले सुनाए ।
प्रतिक्रिया