मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या

अछाम किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गाले हानेर हत्या

अछाममा मृत फेला परेका दुईजना किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या


अछाम : जिल्लाको ढकारीमा मृत फेला परेका दुईजना किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । गाउँपालिका-१ छिन्ने जङ्गलमा मृत फेला परेकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या ढकारी गाउँपालिका -३ बस्ने दुई किशोरले हत्या गरेको खुलेको हो।यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ ।

पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको हो ।

घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु पनि पुगेका थिए । उनिहरु किशोरीहरुको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन् । उहीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ ।

आरोपितहरुले जङ्गलमा मृतकसँग उपहार स्वरुप चुन्नि मागेका थिए । मृतक ईशाराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार दिन नमान्दा घटना घटेको देखिएको छ । सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए ।

सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो ।सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।