धनगढी । सुदूरपश्चिम प्रदेशमा स्थानिय सेवा ऐन जारीको माग राख्दै आन्दोलन सुरु भएको छ । देशका सबै प्रदेशमा स्थानिय सेवा ऐन जारी भई कार्यान्वयन भईसक्दा पनि सुदूरपश्चिम प्रदेशमा अहिले सम्म स्थानिय सेवा ऐन जारी नभएको भन्दै आन्दोलन सुरु भएको हो ।
स्थानिय सेवा ऐन यथासिघ्र जारी गरियोस् भन्दै प्रदेशका ९ वटै जिल्लमा आन्दोलन सुरु भएको स्थानिय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेशले जनाएको छ । बिन्नि चरणमा गरि आन्दोलन सुरु गएिको भन्दै सञ्जालले पहिलो चरणमा चैत्र २२ गते देखि बैशाख १ गते सम्म पालिका स्तरिय सांकेतिक बिरोध सुरु भएका छ । दोश्रो चरणमा प्रदेशको राजधानी धनगढीमा बृहत प्रर्दशन गर्ने सञ्जालको तयारी रहेको छ ।
पहिलो चरणको आन्दोलन अन्र्तगत कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, बिवनाथ गाँउपालिका बैतडी, जगन्नाथ गाँउपालिका बाजुरा, बोगटान फुड्सिल गाँउपालिका डोटी र दुर्गाथली गाँउपालिका बझांग लगायतका जिल्लाामा आन्दोलन सुरु भएको छ । यस्तै ति पालिकाहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र समेत पेश गरेका छन् ।
अन्य प्रदेशमा स्थानिय सेवा ऐन नियम निर्माण भई कर्मचारी प्रशासन निकै अगाडी बढिसकेको भन्दै उनिहरुले सुदूरपश्चिम प्रदेश सरकारका यस्तै गतिबिधीले सम्रग प्रदेशको विकासमा समेत पछाडी परेको बताएका छन् । कर्मचारी समेत यस प्रदेशमा बस्न नमान्ने गरेको कारण प्रदेश सरकार भएको समेत उनिहरुको गुनासो छ ।
कर्मचारीहरुमा समेत व्यापक गुनासा, र अप्ठेराहरु बढ्दै गएपछि दैनिक कामकाजमा समेत कठिनाई भईरहेको दुर्गाथली गाँउपालिका बझांगका अध्यक्ष दिल बहादुर थापाले बताए ।
सुदूरपश्चिम प्रदेशमा स्थानिय सेवाका कर्मचारीहरु बिगत ७ बर्ष देखि कानुनी प्रावधान बिहिन भएको आन्दोलनका संयोजक दिनेश रावल यात्रीले प्रशासनिक क्रियाकलाप, वृद्धिविकास, सेवासुरक्षा लगायतका बिषयमा समेत कर्मचारीहरुमा अन्योतला सिर्जना भएको बताए ।
स्थानिय सेवा ऐनका लागि पटक पटक प्रदेश सरकारलाई आग्रह गर्दा पनि सरकार कानमा तेल हालेर बसेको संयोजक यात्रीको भनाई छ ।
यस्ता छन् चरणबद्द आन्दोलनका कार्यक्रम




प्रतिक्रिया