मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एआई–आधारित डिजिटल पशुधन बीमा सेवा सुरु, कृषकलाई आर्थिक सुरक्षामा टेवा

एआई–आधारित डिजिटल पशुधन बीमा सेवा सुरु, कृषकलाई आर्थिक सुरक्षामा टेवा


पशुधनको दिगो संरक्षण, जोखिम न्यूनीकरण तथा कृषकहरूको आर्थिक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नेपालमा एआई–आधारित डिजिटल गाई, भैंसी तथा गोरु बीमा सेवा सुरु गरेको छ।

कम्पनीले प्लान्टसाटसँगको प्राविधिक साझेदारीमा अछामको साफेबगर लगायत विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषकहरूलाई आफ्ना बहुमूल्य पशुधन—गाई, भैंसी तथा गोरु—लाई सम्भावित जोखिमबाट सुरक्षित राख्न बीमा गराउन आग्रह गरेको छ। समयमै बीमा गराएर आर्थिक सुरक्षाको सुनिश्चितता गर्न कम्पनीले हार्दिक अनुरोध गरेको छ।

कम्पनीका अनुसार उक्त बीमा सेवाले आकस्मिक क्षतिबाट हुने नोक्सानी न्यूनीकरण गर्दै कृषकहरूको जीवनयापनमा स्थायित्व ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

अछाममा आयोजित कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालयस्थित कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा विभागका राजन धमला, प्रिन्स दाहाललगायतको सहभागिता रहेको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारी होमराज जोशीले जानकारी दिनुभयो।