मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल स्थापनामा योगदान गर्ने सहिद परिवार र सहयोगी संस्थाहरू सम्मानित

बयालपाटा अस्पताल स्थापनामा योगदान गर्ने सहिद परिवार र सहयोगी संस्थाहरू सम्मानित


अछाम : अछामको बयालपाटा प्रादेशिक अस्पतालको स्थापना र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्‍याउने सहिद परिवार, जग्गादाता र विभिन्न संघसंस्थाहरूलाई सम्मान गरिएको छ। शुक्रबार अस्पताल परिसरमा आयोजित एक विशेष समारोहका बीच सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त सम्मान प्रदान गर्नुभएको हो।

सहिद परिवार र जग्गादाताको सम्मान

अस्पताल स्थापनाका क्रममा आफ्नो ज्यानको आहुति दिने सहिदहरूको उच्च कदर गर्दै उनीहरूका परिवारलाई सम्मान गरिएको थियो। यस्तै, अस्पताल निर्माणका लागि नि:स्वार्थ रूपमा जग्गा दान गर्ने साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटका कुमाल परिवारलाई पनि मुख्यमन्त्रीले सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो। जग्गादाताहरूको योगदानकै कारण आज यस क्षेत्रले आधुनिक स्वास्थ्य सेवा पाएको छ ।

न्याय हेल्थ नेपाल र अन्य संस्थाहरूको योगदान

विगत १७ वर्षदेखि अस्पतालको व्यवस्थापन र सञ्चालन गरेको संस्था न्याय हेल्थ नेपाललाई विशेष सम्मान प्रदान गरियो। भग्न र जीर्ण अवस्थामा रहेका भवनहरूको पुनः निर्माण गर्दै अस्पताललाई हालको सुविधासम्पन्न अवस्थासम्म पुर्‍याउन संस्थाले खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।

न्याय हेल्थ नेपालको व्यवस्थापनमा १७ बर्ष सम्म सञ्चालित बयालपाटा अस्पतालबाट निशुल्क गुणस्तरिय स्वास्थ्य सेवाले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्यको पुहँचमा पुर्याउन महत्वपर्ण योग्दान मिलेको कार्यक्रमका सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए ।

प्रदेश सरकार मातहत आएपछि सुरुवाति संक्रमणकालिन समयमा बयालपाटा प्रादेशकि अस्पतालको नेतृत्व गर्दै अस्पतालको जग बसाल्न नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा( जगदिश जोशीलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी, अस्पताललाई विभिन्न समयमा भौतिक, प्राविधिक र स्वयंसेवी सहयोग पुर्‍याउने संस्थाहरूलाई पनि सम्मान गरिएको छ ।

  • सशस्त्र प्रहरी बल
  • हाप्सा (HAPSA) नेपाल
  • लायन्स क्लब
  • दारी ग्याङ
  • लाइफलाइन अछाम

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बयालपाटा अस्पताल सुदूरपश्चिमकै भरोसाको केन्द्र रहेको बताउनुभयो। सहिदको बलिदान र जग्गादाताको उदारता र न्याय हेल्थ नेपालको निस्वार्थ भावना र विभिन्न दातृ निकायको सहयोगबाट ठडिएको यो अस्पताललाई थप व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।