अछाम : अछामस्थित बयालपाटा प्रादेशिक अस्पताललाई हाप्सा नेपालले एक थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त उपकरण हस्तान्तरण गरिएको हो।
हाप्सा नेपालका संस्थापक रामु खरेलले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर कुँवर र कार्यकारी निर्देशक डा. मन्दिप पाठकलाई संयुक्त रूपमा भेन्टिलेटर हस्तान्तरण र्नुभयो।
उक्त उपकरणले अस्पतालको सघन उपचार क्षमतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
दुर्गम क्षेत्रका गम्भीर बिरामीहरूलाई उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुर्याउन कठिन हुने भौगोलिक अवस्थालाई मध्यनजर गर्दै हाप्सा नेपालले उक्त उपकरण सहयोग संस्थाका संस्थापक रामु खरेलले बताउनु भयो । भेन्टिलेटरको अभावमा कतिपय बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अस्पतालले जनाएको छ।
दुर्गमको स्वास्थ्य सेवा सुधारका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको हाप्साले यसपटक पोर्टेबल भेन्टिलेटर सहयोग गरेको हो ।
पोर्टेबल भेन्टिलेटरले आगामी दिनमा जटिल प्रकृतिका बिरामीको ज्यान जोगाउन भूमिका खेल्नेछ र अस्पतालको प्रविधि र सेवा विस्तारमा हाप्सा नेपालले गरेको यो सहयोग महत्वपूर्ण छ, डा. पाठकले भने हामी आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा गर्दछौं ।
संस्थाका संस्थापक डा. रामु खरेलले दुर्गमका नागरिकले आफ्नै गाउँ-ठाउँमा गुणस्तरीय र जीवनरक्षक स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उद्देश्यले अस्पताललाई सहयोग गरिएको बताउनुभयो।




















प्रतिक्रिया