अछाम: मंगलसेन नगरपालिका वडा न ६ मा रहेको हरिनगर बजार ब्यवस्थापन समितिको नयाँ समिति चयन गरिएको छ । शनिबार भएको साधारणसभा बाट युवा व्यवसायी प्रकाश भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा गोर प्रसाद भण्डारी, सचिव टेक बहादुर थापा, सहसचिव बिक्रम सिंह बिष्ट, कोषाध्यक्ष तुलसी थापा लगायतका पदाधिकारी रहेका छन ।
बजार ब्यवस्थापन समितिका अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा वडा न ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी प्रमुख अतिथि रहनुभएञको थियो भने पुर्व वडा अध्यक्ष जनकराज भण्डारी बिशिष्ट अतिथि रहनुभएको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रि«य स्वतन्त्र पार्टीका जिल्ला कार्य समिति सदस्य सेतीराम भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य पुस्पराज भण्डारी, स्थानीय व्यापारी टंक प्रसाद भण्डारी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै नयाँ कार्य समितिले आगामी दिनमा बजार क्षेत्रको विकासका लागि योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन ।
वीगतमा भएका राम्रा अभ्यासलाई संस्थागत गर्दै कमिकमोरीलाई सुधार गरे यस क्षेत्रकै नमुना बजार समितिका रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन ।
ठुलासैन बजार भनेको सबै हिसाबले ठुलो सम्भावना बोकेको क्षेत्र भएकाले बजार ब्यवस्थापन समितिलाई स्थानीय व्यापारीहरुले पनि साथ दिनुपर्ने बताएका छन ।
संगै नयाँ समितिले बजार क्षेत्रको सरसफाइ गर्र्ने, सदस्ययता बृद्धी गर्ने, सार्वजनिक शौचालय मर्मत सम्भार गर्ने र बजारका दुईवटा क्षेत्रमा प्रतिक्षालय स्थापनाका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय समेत गरेको छ । कार्यक्रमको संचालन भवानी प्रसाद भण्डारीले गर्नुभएको थियो ।





















प्रतिक्रिया