टेक बहादुर थापा, अछाम : जिल्ला अस्पताल अछाममा पनि अन्तर्राष्ट्रिय नर्सिङ्घ दिवस नमाईएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत नर्सिङ्घ कर्मचारीहरुले अस्पतालमा एक कार्यक्रमको आयोजनागरि दिवसको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका छन ।
हाम्रा नर्सहरु, हाम्रो भविष्य सशक्त नर्सहरुले जीवन बचाउछन भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ्घ दिवस मनाईएको जिल्ला अस्पताल अछामका नर्सिङ्घ प्रमुख तथा सुचना अधिकारी गंगा बुढामगरले बताउनुभयो ।
सोही अवसरमा स्वास्थ्य क्षेत्रमा नर्सिङ्घहरुले खेलेको भूमिका, उनीहरुले भोग्नु परेका समस्या र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले नर्सिङ्घहरु भनेको स्वाथ्य क्षेत्रको पिल्लर भएकाले उनीहरुले स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भुमिकाको प्रशंसा गरेका थिए ।
डाक्टर अतुल भारद्धाजको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख झपट बहादुर थापा, डाक्टर जुनु लावती, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट कबिता बाचन, गायन , नृत्य लगायतका बिबिध मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।





















प्रतिक्रिया