मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनमा समाजसेवी बमबहादुर रावतद्वारा विद्यालयलाई आर्थिक सहयोग

जन्मदिनमा समाजसेवी बमबहादुर रावतद्वारा विद्यालयलाई आर्थिक सहयोग


अछाम, मंगलसेन – मंगलसेन नगरपालिका–१२ बान्नातोली निवासी युवा नेता तथा समाजसेवी बमबहादुर रावतले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

रावतले सोही वडामा रहेको पार्वती माध्यमिक विद्यालय, छापडाँडाका विद्यार्थीहरूको खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलकुद सामग्री खरिदका लागि नगद ८ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

जन्मदिनका अवसरमा गरिने अनावश्यक खर्चलाई सामाजिक कार्यमा रूपान्तरण गर्दै विद्यार्थीहरूलाई खेलकुद सामग्री उपलब्ध गराउन सहयोग गरेको रावतले बताउनुभयो। हाल रोजगारीका सिलसिलामा भारतमा रहँदै आउनुभएका उहाँले आफ्नो गाउँका बालबालिकाले खेलकुद गतिविधिमा सहज रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले सहयोग गरेको उल्लेख गर्नुभयो।

नेकपा (एमाले) का नेता समेत रहनुभएका रावतले आगामी दिनमा वडाभित्रका अन्य विद्यालयहरूलाई समेत आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विद्यालयलाई खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग गरेकोमा पार्वती माध्यमिक विद्यालय, छापडाँडाले समाजसेवी रावतप्रति आभार व्यक्त गर्दै उहाँको जन्मदिनको अवसरमा शुभकामना समेत दिएको छ।