टेकराज भण्डारी, असार ९, अछाम
गंगा माध्यमिक विद्यालय, मंगलसेन ६, तेसिंगे अछाममा वाक नेपाल, सेफ गर्लस् परियाेजना अन्तर्गत सञ्चालित गतिविधिको अनुमगन गरिएको छ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र सहकार्यमा WAC नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE Girls) परियोजना अन्तर्गत जिल्ला परियाेजना सल्लाहकार समितिकाे अनुगमन कार्यक्रम गरिएकाे हाे ।
मंगलसेन नगरपालिका वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष दुर्गा प्रसाद भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख दानमति शाही रहनुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि शाहीले रुपान्तरण कक्षामा सिकेका कुरा व्यवहारमा लागू गर्न किशाेरीहरुलाई आग्रह गर्नुभयाे ।
विद्यालयमा परियोजना मार्फत रुपान्तरण कक्षा सञ्चालन, किशोर किशाेरीमैत्री सुचना केन्द्र स्थापना लगायतका कार्यहरु भैरहेका छन् । सराेकारवालाहरुले अन्तरक्रिया मार्फत विद्यालयमा सञ्चालित गतिविधि, किशाेरीमा आएकाे परिवर्तन, परियोजनाले आगामी दिनमा गर्नुपर्ने कार्य लगायतका विषयमा जानकारी लिएका थिए ।
गंगा मा.वि का प्रधानाध्यापक माेतिराम भण्डारीले स्वागत तथा सेफ गर्लस परियाेजनाका संयाेजक निराजन चाैधरीले उद्देश्यबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रहरी सहायक निरिक्षक शेर बहादुर बुढा, मंगलसेन नगरपालिका स्वास्थ्य शाखा संयाेजक भूमिनन्द ढुंगाना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, प्रशासन तथा याेजना शाखा प्रमुख बिष्णु प्रसाद जैसी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपक बहादुर भण्डारी, गुड नेबर्स ईन्टरनेशनल अनुगमन संयाेजक अरुण चाैधरी, CSE फाेकल शिक्षक डम्बर भट्टराई, ओसीएमसी काउन्सुलर गंगा ढुंगाना, फिल्ड संयाेजक गाैरी भण्डारी, रुपान्तरण कक्षा शिक्षक जानकी भण्डारी, किशाेरीहरु लगायतको सहभागीता रहेको थियाे ।
CSE फाेकल शिक्षक तथा गंगा माविका सुचना अधिकारी टेकराज भण्डारीले गर्नुभएको थियाे । यस्तै गंगा मा.वि. मा “किशाेरावस्थामा याैनिक शिक्षाकाे महत्त्व” विषयक वक्तृत्वकला प्रतियोगिता आयाेजना गरिएकाे छ ।
सेफ गर्लस् परियाेजनाकाे सहयाेगमन भएको वक्तृत्वकलामा महेन्द्र भण्डारी प्रथम, प्रेम प्रसाद भण्डारी द्वितीय, निरज भण्डारी तृतीय र लक्ष्मी भण्डारी तृतीय हुनुभएको थियाे ।
























प्रतिक्रिया