मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


टेकराज भण्डारी, अछाम / मंगलसेन नगरपालिका वडा नम्बर ६ अछामका युवा पदमराज भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

जन््मदिनको अवसरमा भण्डारीले आफुले पहिले अध्ययन गरेको गंगा माध्यमिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

आफ्नो जन्मदिनमा थोरै भएपनि सामाजिक कार्य गर्न सकौँ भनेर शैषिक सामग्री प्रदान गरेको पदमराजले बताउनु भयो । हाल रोजगारीको शिलशिलामा भारतमा रहनुभएको उहाँले विद्यालयका प्रधानाध्यापक मोतिराम भण्डारी र शिक्षक बिक्रमसिंह विष्टमाफृत समन्वय गरी करिब ३ हजार बराबरका शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

बिहीबार विवद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत करिब ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी टेकराज भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक टंकप्रसाद ढुंगाना, प्रधानाध्यापक लगायतले सामग्री हस्तान्तरण गर्नुभयो ।

आफ्नो जन्मदिनमा विद्यार्थीलाई सहयोग पुग्ने असाल कार्य गरेको भन्दै प्रधानाध्यापक भण्डारीले उहाँलाई धन्यवाद दिनुभयो ।