मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्या प्रवोधिनी मावि घोडासैनको नयाँ व्यवस्थापन समिति चयन

विद्या प्रवोधिनी मावि घोडासैनको नयाँ व्यवस्थापन समिति चयन


विद्या प्रवोधिनी माध्यमिक विद्यालय कमलबजार १० घोडासैनको नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।

विद्यालयको मंगलबार सम्पन्न भएको ३४ औ  अभिभावक भेला बाट प्रेम बहादुर बोगटीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

नयाँ समितिमा दिनेश बहादुर भण्डारी, कल्पना कुमारी शर्मा, गंगा देवी बिष्ट लगायतका पदाधिकारी रहेका छन । यस्तै सोही भेला बाट टेक बहादुर बिष्टको अध्यक्षतमा शिक्षक अभिभावक संघपनि गठन गरिएको छ । 

वडा अध्यक्ष भिम बहादुर बिष्टको अध्यक्षतमा भएको भेलामा विद्यालयका प्रधानाध्यापक रूपानन्द उपाध्यायले शैक्षिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे भने लेखापाल जनक बहादुर बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । 

अभिभावक भेलामा शुभकामना मन्तव्य दिने  अभिभावक तथा सरोकारवालाले विद्यालयलाई नमुना बनाउने गरि नयाँ समितिले कामगर्नुपर्ने सुझाव दिएका थिए । भेलाको संचालन
शिक्षक हंस बहादुर बिष्टले गर्नुभएको थियोे ।