सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा राना निर्वाचित
मेरिल्यान्ड (अमेरिका) — अमेरिकामा रहेका सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्ड को तेस्रो महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा हंस भट्ट, सचिवमा विश्व जैशी तथा कोषाध्यक्षमा सलीना रिमाल निर्वाचित भएका छन्।
त्यसैगरी बोर्ड अफ डाइरेक्टर्समा टेक कटुवाल, योगेन्द्र चन्द, केदार विक्रम शाही, रक्षा बनियाँ, सम्झना रावत, शंकरी खड्का, सञ्जु बि.के., निश्चल शाह, दीपक भारती र भीम कुँवर चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउँदै अमेरिकामा रहेका सुदूरपश्चिमेली नेपाली समुदायको हित, एकता तथा सांस्कृतिक पहिचान संरक्षणका लागि प्रतिबद्धताका साथ काम गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया