अछाम, साउन १७ — अछामको चौरपाटी गाउँपालिका–५ गहिल (गड्सिल) निवासी करिब ३० वर्षीया खिना खड्काको झोलुङ्गे पुलबाट हाम फाल्दा मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ बजे साँफेबगर नगरपालिका–१ बैजनाथ र वडा नं. ७ रिडिकोट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक खिना खड्का पदम खड्काकी श्रीमती हुन्। प्रारम्भिक जानकारीअनुसार उनी केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेकी थिइन्।
उनका दुई छोरी र एक छोरा रहेका छन्।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।














प्रतिक्रिया