अछाम । अछाम सार्वजनिक यातायात प्रालिको अध्यक्षमा पुनः झंकर प्रसाद भाट चयन हुनुभएको छ।
प्रालिको शनिबार मंगलसेनमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले भाटलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश भाट, महासचिवमा नृपबहादुर साउद, सचिवमा भरतबहादुर विश्वकर्मा र कोषाध्यक्षमा टंक कुँवर चयन हुनुभएको छ।
यस्तै, सदस्यहरूमा रविन्द्र बटाला, भक्त मगराती, रतनबहादुर विश्वकर्मा, वेदप्रसाद ढुंगाना, भीमप्रसाद भाट र ललित बोगटीलगायत रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले अछाम सार्वजनिक यातायात प्रालिका गतिविधिलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ।
साथै, जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन अघि बढ्ने प्रतिबद्धता जनाएको छ।














प्रतिक्रिया