अछाम — अछामका प्रहरी प्रमुख (डिएसपी) पविन्द्रबहादुर बमले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ।
शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भन्दै उहाँले सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने बताउनुभयो।
भरखरै सरुवा भएर अछाम आउनुभएका डिएसपी बमले अछामस्थित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।
“सुरक्षाको सवालमा प्रहरी एक्लैले सम्भव छैन। समुदायसँग हातेमालो गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।
जिल्लाको शान्ति सुरक्षाका विषयमा आफू सजग भएर काम गर्ने बताउँदै डिएसपी बमले प्रहरीले जिल्लाका हरेक अभियानमा साथ दिँदै आएको र आगामी दिनमा थप सक्रिय भएर काम गर्ने योजना रहेको बताउनुभयो।
उहाँले जिल्लाका सरोकारवालाहरूबाट प्राप्त सुझावका आधारमा सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाको समग्र सुरक्षा अवस्था, चुनौती तथा स्थानीयस्तरमा देखिएका विभिन्न विषयबारे जानकारी गराएका थिए। अन्तरक्रिया कार्यक्रममा अछाममा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।














प्रतिक्रिया